फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनवरी-फेब्रुअरीमा चीनको गार्हस्थ उत्पादन कोरोना महामारीबाट प्रभावित

(GMT+08:00) 2020-03-16 16:34:07
राष्ट्रिय तथ्याङ्क व्यूरो चीनले १६ तारिख समष्टिगत आर्थिक तथ्याङ्कहरू सार्वजनिक गरेको छ। गत जनवरीदेखि फेब्रुअरीसम्म कोभिड-१९ महामारीबाट चीनको आर्थिक अवस्थामा ठूलो प्रभाव पारिएको छ तापनि समष्टिगत रूपमा हेर्दा यस्तो प्रभाव अल्पकालीन र नियन्त्रण गर्न सकिने प्रकृतिको हो। हालसम्म कोभिड-१९ महामारीको फैलावट प्रवृत्ति नियन्त्रणमा रहेको छ र राम्रो दिशातिर अघि बढिरहेको छ। आधारभूत जनजीवन प्रत्याभूति दिइरहेको छ र चीनको सामाजिक मूल स्थिति पनि स्थिर रहिरहेको छ। अर्थतन्त्रको दीर्घकालीन प्रवृत्ति राम्रो हुँदै जाने प्रवृत्तिमा कुनै फेरबदल देखिएको छैन।

मुख्य आर्थिक सूचकांकबाट हेर्दा गत जनवरी-फेब्रुअरीसम्म वार्षिक आम्दानी २ करोड चिनियाँ युआनभन्दा बढी भएका औद्योगिक उद्यमहरूको थपिएको मूल्य गत वर्षको सोही अवधिको तुलनामा १३.५ प्रतिशतले घटेको छ। चिकित्सा सामग्री तथा दैनिक जीवनमा चाहिने सामग्रीको वृद्धि द्रूत भएको छ। फेब्रुअरी २५ तारिखसम्म ठूला र मझौला ढाँचाका उत्पादक उद्यमहरूमा उत्पादन पुनः शुरू भएका उद्यमहरूको दर ८५.६ प्रतिशतले पुगेको छ र उत्पादन र बिक्री अनुशासित रूपमा सामान्य बनिरहेको छ।

भविष्यमा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण एवम् सामाजिक आर्थिक विकास कार्यलाई समन्वय गर्दै महामारीबाट ल्याइएको क्षतिलाई न्यून गर्नुपर्छ भन्ने कुरा तथ्याङ्क व्यूरोले उठाएको छ। सामान्य आर्थिक सामाजिक अनुशासनको पुनर्स्थापना गर्दै अर्थतन्त्रको स्थिर तथा स्वस्थ विकासलाई अघि बढाउनुपर्नेमा पनि तथ्याङ्क व्यूरोले जोड दिएको छ।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन