चीनको सर्वोच्च जनअदालत, सर्वोच्च जनन्यायाधिवक्ताको कार्यालय, सार्वजनिक सुरक्षा मन्त्रालय, कानून मन्त्रालय तथा भन्सार व्यूरोले हालै संयुक्त रूपमा दस्तावेज सार्वजनिक गर्दै चीनमा स्वास्थ्य निरीक्षण तथा क्वारेन्टाइन कार्यमा बाधा वा क्षति पुर्याउने, कानून विपरीत आपराधिक गतिविधिलाई कानून बमोजिम दण्डित गरिनेमा जोड दिएका छन्।
सार्वजनिक स्वास्थ्य तथा सुरक्षाको संरक्षण एवम् जनताको जीवनरक्षा तथा शारीरिक स्वास्थ्यको प्रत्याभूति दिनको लागि सम्बद्ध विभागहरू तथा संस्थाहरूले कानून बमोजिम समयमै ती गतिविधिहरूमा सजाय दिनुपर्ने सो दस्तावेजमा प्रष्ट्याइएको छ।
सम्बद्ध चिनियाँ कानून नियम बमोजिम, चीनमा स्वास्थ्य निरीक्षण तथा क्वारेन्टाइन कार्यमा बाधा वा क्षति पुर्याउने र कानून विपरीत आपराधिक गतिविधिहरूबाट कोभिड-१९ लगायत राज्य परिषदले निश्चित गरेका सरूवा रोगहरूको फैलावट अथवा विस्तारबाट गम्भीर खतरा हुनेखालका गतिविधिहरूलाई कानून अनुसार सजाय गर्नुपर्छ। यस्तो गतिविधिबाट सरूवा रोगको फैलावटमा गम्भीर खतरा देखिएकाले यसमा गैरजिम्मेवार व्यक्तिहरूलाई दण्ड सजाय दिइनुपर्ने कुरा इंगित गरिएको छ।