चीनले इटलीलाई पठाएको कोभिड-१९ प्रतिरोधी चिकित्सा टोली मार्च १२ तारिख इटलीको रोममा पुगेर काम शुरू गरिसकेको छ। इटलीले सो टोलीको हार्दिक स्वागत गर्दै विशेषज्ञ टोलीको कामको उच्च मूल्याङ्कन गरेको छ।
९ सदस्यीय चिनियाँ चिकित्सा टोली चिकित्सा प्रबन्ध तथा सामग्री लिएर १२ तारिख शाङहाईबाट रोम गएको हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले १६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ चिकित्सा टोलीले इटलीमा रहेका चिनियाँ मूलका विदेशीहरूलाई महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धि अनुभव सिकाउने छन् त्यसपछि महामारीबाट सबैभन्दा गम्भीर रूपमा प्रभावित इटलीको उत्तरी भागतर्फ जाने योजना रहेको पनि बताउनुभयो।