फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र इटलीका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

(GMT+08:00) 2020-03-17 16:35:24

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च १६ तारिख इटलीका प्रधानमन्त्री गिउसेपे कोन्तेसँग टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्तामा सीले केही महिनासम्मको प्रयासपछि चीनमा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणमा सकारात्मक परिवर्तन देखा पर्दै चरणवद्ध महत्वपूर्ण उपलब्धि हासिल गरिएको जानकारी दिनुभएको छ। चीनको आर्थिक तथा सामाजिक विकास द्रुत गतिले पुनः शुरू भएको र चाँडै नै महामारीलाई जितेर विभिन्न मुलुकमा भइरहेको महामारीको नियन्त्रणको लागि आत्मविश्वास प्रदान गर्ने आशा सीले व्यक्त गर्नुभयो।

साथै सीले महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा इटलीसँगको अन्तर्राष्ट्रिय सहकार्य गर्दै आपसी परम्परागत मित्रता तथा विश्वास गहन पार्दै जाने इच्छा पनि गर्नुभएको छ।

टेलिफोन वार्तामा इटलीका प्रधानमन्त्री कोन्तेले चीनले दृढताका साथ कदम चालेर महामारीको प्रभावकारी नियन्त्रण गरेबाट इटली लगायतका मुलुकको लागि ठूलो प्रोत्साहन भएको इंगित गर्नुभयो। साथै उहाँले कठिन समयमा चीनले दिइरहेको मूल्यवान समर्थन तथा सहयोगको लागि पनि दिलैदेखि धन्यवाद ज्ञापन गर्नुभयो।

जानकारी तथा लेखहरु