फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञले आफ्नो गल्तीमा अरूलाई दोष दिने?

(GMT+08:00) 2020-03-17 19:47:15
फेब्रुअरी १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय वैदेशिक मामिला समितिको कार्यालयका प्रमुख याङ चेछले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग फोन वार्ता गर्नुभयो। सो अवसरमा महामारीको रोकथाम तथा नियन्त्रण गर्न चीन र चीनको प्रयासमाथि केही अमेरिकी राजनीतिज्ञले पूर्वाग्रही मूल्याङ्कन गर्नुका साथै चीनमाथि कालो पोतेबाट चिनियाँ जनताको आक्रोश प्रकट गर्दै आलोचना गर्नुभएको छ। चीनमाथि कालो पोत्ने कुनै पनि दुष्प्रयास सफल हुँनेछैन र चिनियाँ फाइदामाथि क्षति पुर्याउने कुनै पनि गतिविधिको जवाफ दिइनेछ।

अमेरिकी नेताहरूले कोभिड-१९ भाइरसलाई "चिनियाँ भाइरस" भनेका थिए। १७ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यस विषयबारे जवाफ दिंदै यो हिलो छ्याप्ने गतिविधिप्रति चीनले कडा आक्रोशका साथ विरोध गरेको बताए। विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय जगतले स्पष्ट रूपमा भाइरसलाई विशेष मुलुक तथा क्षेत्रसँग जोड्ने गतिविधि तथा हिलो छ्याप्ने प्रवृत्तिको विरोध गरेका छन्। अमेरिकाले सर्वप्रथम आफ्नो कार्य राम्रोसँग गर्नुपर्छ। साथै महामारी विरूद्ध अन्तर्राष्ट्रिय सहयोग तथा विश्व सार्वजनिक स्वास्थ्यको सुरक्षामा रचनात्मक भूमिका खेल्नुपर्छ।

यो महामारीपछि चीनमाथि हिलो छ्याप्ने अमेरिकी गतिविधि दुर्लभ र गम्भीर चेतावनी हो। जसलाई अन्तर्राष्ट्रिय जगतबाट ध्यानाकर्षण गरिएको छ।

अमेरिकामा महामारी झन् गम्भीर हुनुका साथै अमेरिकी राजनीतिज्ञले आफ्नो गल्तीमा अरूलाई दोषी देख्न थालेका छन्। तर भाइरस कहाँबाट सुरू भएको? वैज्ञानिक अनुसन्धानले जवाफ दिनेछ। अमेरिकी राजनीतिज्ञले प्रमाण विना हिलो छ्याप्ने काम बन्द गरेर आफ्नै मुखमा झापड हान्नु हुँदैन।

जानकारी तथा लेखहरु