तिब्बत स्वायत्त प्रदेशको ल्हासा गोङगर अन्तर्राष्ट्रिय विमानस्थलको सुधार र बिस्तार परियोजना मार्च १५ तारिख पुनः शुरु भएको छ।
निर्माण स्थलमा एक सय दश जना कामदार टर्मिनल भवनमा काम गरिरहेका छन्। हरेक कामदारको हेलमेट टोपीपछाडि एउटा दुई आयामी कोड रहेको छ। यसमा कामदारले हरेक दिन स्वास्थ्य जाँच गराएको सूचना र काम गरेको सूचना पाउन सकिन्छ। निर्माण स्थललाई बन्द गरेर व्यवस्थापन गरिएको छ।
३५६९ मिटर उचाइको ल्हासा गोङगर अन्तर्राष्ट्रिय विमानस्थल पठारभूमिको विमानस्थल हो। तिब्बत स्वायत्त प्रदेशमा दिन प्रति दिन बढेको उडान आवश्यक्तालाई पूरा गर्न गोङगर विमानस्थलको टर्मिनल भवनको सुधार र बिस्तार परियोजना सन् २०१७ को अन्तिममा शुरु भएको हो। यसमा ३ अर्व ९० करोड चिनियाँ युआन लगानी गरिएको छ।