![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
एप्पल इंकका सी.ई.ओ. टिम कूकले हालै वक्तव्य प्रकाशित गरेर मार्च २७ तारिखसम्म ग्रेटर चीनबाहेक क्षेत्रमा सबै एप्पल स्टोर बन्द गर्ने घोषणा गर्नुभएको छ। साथै भाइरसको प्रसार जोखिमलाई कम पार्नका लागि जुन महिनाको विकास सम्मेलन अनलाईनमार्फत् आयोजना हुनेछ। कूकका अनुसार, चीनमा महामारीको नियन्त्रण हुनुका साथै ग्रेटर चीनमा रहेका सबै पसलको पुनःसञ्चालन भइसकेको छ।
यो वक्तव्यले दुईटा सूचना दिएको छ। पहिलो, विश्वव्यापी रूपमा कोभिड-१९ महामारी फैलिएर अर्थतन्त्रमा झन् झन् स्पष्ट प्रभाव पार्दै गएको छ। दोस्रो, महामारीको नियन्त्रणका साथमा चिनियाँ अर्थतन्त्र छिटै पुनः सामान्य बन्दैछ।
एप्पल मोबाइल फोनको उत्पादन चिनियाँ कारखानामा भर परेको छ। चीनमा पसलको पुनः सञ्चालनबाट उक्त कम्पनीको आपूर्ति श्रृंखला पनि पुनःसामान्य बन्दै गएको पुष्टि गरिएको छ। अथक प्रयासमा चीनमा महामारीको रोकथाम तथा नियन्त्रणले चरणगत प्रगति हासिल गरेको छ। विश्वको कारखाना मानिएको चीनमा झन् झन् बढी मेशिनले काम गर्न थालेका छन्।
चिनियाँ राष्ट्रिय तथ्यांकका अनुसार, जनवरी र फेब्रुअरीमा महामारीको प्रभाव परे तापनि चिनियाँ अर्थतन्त्रमा राम्रो दिशातिर आधारभूत अवस्था र भित्री प्रवृतिमा परिवर्तन छैन।
महामारी फैलिएपछि चीनले लचिलो, विनम्र र सटीक रूपमा व्यवसायिक कदम तथा पूँजी सहयोग गरेको छ। उदाहरणका लागि महामारीबाट प्रभावित व्यवसायलाई सहयोग गर्न चिनियाँ अर्थ मन्त्रालयले कर तथा शुल्कमा छुट, ऋण आदि कदमद्वारा एक खर्ब चिनियाँ युआन पूँजी प्रदान गरेको छ।
महामारीको अवधिमा चिनियाँ डिजिटल अर्थतन्त्रले बलियो जीवन शक्ति तथा ठूलो निहित शक्ति देखाएको छ। ५-जी, औद्योगिक इन्टरनेट, चीजको इन्टरनेटलगायत नयाँ ढाँचाको आधारभूत प्रबन्धको निर्माणमा मार्चदेखि लगानीको विशेषता बनेको छ।
चिनियाँ अर्थतन्त्रमा महामारीको प्रभाव अल्पकालीन, बाहिरी र नियन्त्रणयोग्य छ। तर वर्तमान विदेशमा महामारीको प्रसारले चिनियाँ अर्थतन्त्रलाई जोखिम पुर्याएको छ। अन्तर्राष्ट्रिय बैकिङ् बजार, बजार भाउ तथा व्यापारको उतार-चढावले चीनको आर्थिक वृद्धिलाई पनि प्रभाव पारेको छ।
कठिनाइभन्दा उपायहरू सँधैं नै धेरै छन्। भविष्यमा चीनले निरन्तर रूपमा राम्रोसँग महामारीको रोकथाम तथा नियन्त्रण गर्दा त्यसमा सक्रिय रूपमा अन्तर्राष्ट्रिय सहयोग गर्नुका साथै अझ बलियो समग्र नीति प्रस्तुत गर्नेछ।
राष्ट्र संघीय महासचिव अन्टोनिओ गुटेरेसका अनुसार, चीनले छिटै महामारीलाई जित्नुका साथै आर्थिक व्यवस्थालाई सामान्य पार्नेछ। यो चिनियाँ जनताको लाभका लागि सहयोगी हुनुका साथै विश्वका लागि पनि महत्वपूर्ण योगदान हुनेछ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |