स्पेनका प्रधानमन्त्रीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च १७ तारिख राती उहाँसँग टेलिफोन वार्ता गर्नुभएको छ।
टेलिफोनमा राष्ट्राध्यक्ष सीले हालै कोभिड-१९ महामारीको फैलावट स्पेनमा पनि भइरहेको घडीमा चीन सरकार तथा जनताको तर्फबाट हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ। देशभरिको अथक प्रयासमार्फत चीनमा महामारीको नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल गरिएको छ र सबैभन्दा कठिन चरणबाट उत्रिएको सीले बताउनुभयो।
हालै कोभिड-१९ महामारी बहु मुलुकमा देखा परेकोले चीन विभिन्न मुलुकसँगै सहयोग गरेर सकेसम्मको सहयोग प्रदान गर्ने इच्छा लिएको पनि सीले प्रकट गर्नुभयो। अन्तर्राष्ट्रिय समाजले हातेमालो गरेर खुला रूपमा सहयोग गर्दै व्यवहारिक कार्वाहीमार्फत महामारीको प्रतिरोध गर्दै अन्तर्राष्ट्रिय स्वास्थ्य तथा सुरक्षाको संयुक्त संरक्षण गर्ने आशा पनि सीले गर्नुभयो।