फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चिनियाँ सञ्चारमाध्यामलाई बाधा दिएपछि चीनद्वारा उचित जवाफ

(GMT+08:00) 2020-03-18 19:03:45

अमेरिकाले अमेरिकाका लागि चिनियाँ सञ्चार संस्थामाथि अनावश्यक रूपमा बाधा गरेका हुनाले चिनियाँ परराष्ट्र मन्त्रालयले १८ तारिख तीनवटा जवाफी कदम चाल्ने घोषणा गरेको छ। यो उचित र वैध हो। किनकि पहिला अमेरिकाले चिनियाँ सञ्चार माध्यमलाई प्रतिबन्धात्मक निहुँ खोजेर चिनियाँ सम्वाददातालाई निष्कासन गरेको बेलामा चीनले प्रतिक्रिया तथा जवाफ दिने कुरामा जोड दिएको थियो।

धेरै वर्षयता अमेरिकाका लागि चिनियाँ सञ्चार माध्यमका सम्वाददाताहरूले अमेरिकी कानून तथा नियमको पालना गर्नुका साथै पत्रकारिताको नैतिकताको पालना गरेर दुइ देशको आदान-प्रदानमा महत्वपूर्ण भूमिका खेलेका छन्। तर सन् २०१८ देखि अमेरिकाले चिनियाँ सञ्चार माध्यममाथि बाधा र दवाव थपेको छ।

चीनको खुलापनको राष्ट्रिय नीति परिवर्तन नहुने, विभिन्न मुलुकका संचार संस्था र पत्रकारले कानून बमोजिम यहाँ पत्रकारिता गरेमा त्यसको स्वागत गर्नुका साथै सुविधा र सहयोग पनि दिनेछ। चीन लक्षित पूर्वाग्रह राखेको, समाचार स्वतन्त्रताको नाममा नक्कली समाचार संप्रेषण गरेकामा विरोध गर्दै पत्रकारिताको पेशागत भावनालाई उल्लंघन गरेकामा त्यस्ता कार्यको चीनले विरोध गरेको छ। विदेशी सञ्चारमाध्यम र पत्रकारले चीन र विश्वको आपसी जानकारीलाई अघि बढाउन सक्रिय भूमिका निर्वाह गर्ने चीनको आशा छ।

हाल सयौं विदेशी सम्वाददाताहरूले चीनमा बसेर काम गरिरहेका छन्। चीनमा उनीहरूको कार्य र जीवन सुचारू छ।

जानकारी तथा लेखहरु