फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परम्परागत चिकित्साबाट विश्व महामारीमा सहयोग

(GMT+08:00) 2020-03-19 16:41:35

थुङ रन थाङ् चीनको परम्परागत तथा प्रसिद्ध चिनियाँ चिकित्सा तथा औषधी मार्का हो। मार्च ११ तारिख पैचिङ, हनान प्रान्तीय चङ्चौ, हङकङ, इटलीको रोम, क्यानडाको टोरोन्टो र सिंगापुरका चिनियाँ चिकित्साका वरिष्ठ चिकित्सकहरूले "थुङ रन थाङअन्तर्गत विदेशमा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने विशेषज्ञ टोली" को पहिलो भिडियो वार्ता गरेका छन्। भिडियो वार्तामा विशेषज्ञहरूले चीनमा महामारीको रोकथाम तथा नियन्त्रण गर्दा चिनियाँ चिकित्सा तथा औषधीको सफल अनुभव इटली, क्यानडा र सिंगापुरसँग बाँडेका छन्।

१३ तारिखसम्म हुपै प्रान्तमा महामारीका विरूद्ध चिनियाँ औषधीको प्रयोग दर ९१ प्रतिशत हुनुका साथै शिविर अस्पतालमा उक्त प्रयोग दर ९९प्रतिशत पुगेको थियो। मात्र चिनियाँ औषधी वा पश्चिमी औषधीको प्रयोगभन्दा चिनियाँ औषधी र पश्चिमी औषधीको मिलीजुली प्रयोगले अझ छिटै सुधार ल्याएर उपचार दरलाई बढाउनुका साथै मृत्यु दरलाई कम पारेको पुष्टि गरिएको छ।

चिनियाँ चिकित्साको प्रभावकारी रोकथाम तथा उपचारका कारण चीनको इतिहासमा करोडौंको ज्यान जानेगरी महामारी भएको छैन। हाल चिनियाँ परम्परागत चिकित्सा तथा औषधी १८३ देश तथा क्षेत्रमा फैलिएको छ। विश्वव्यापी महामारी विरूद्ध चिनियाँ चिकित्सा तथा औषधीको विशेषता र प्रभावको व्यापक पुष्टि र स्वीकार गरिएको छ।

जानकारी तथा लेखहरु