फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वास्थ्य संगठनद्वारा ट्रम्पको भनाइबारे प्रतिक्रिया

(GMT+08:00) 2020-03-19 17:08:30

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य आपतकालीन योजनाका जिम्मेवार व्यक्ति माइकल राइनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ भाइरसलाई 'चिनियाँ भाइरस' भनेको बारे प्रतिक्रिया जनाउँदै भाइरसलाई जाति अथवा क्षेत्रसँग सम्बन्ध राख्नुहुँदैन भनेर औंल्याउनुभएको छ।

भाइरसको सीमा छैन र जनजाति, छालाको रङ्ग तथा धनसम्पतिले छुट्याउनुहुँदैन भन्ने ठहर पनि माइकलले गर्नुभएको छ। सन्२००९मा चलेको एच.१ एन.१ फ्लू भन्ने सरूवा रोग उत्तर अमेरिकाबाट शुरू भएको हो तापनि मानिसहरूले त्यो रोगलाई 'उत्तर अमेरिकी फ्लू' भनेका थिएनन्। माइकलले भन्न्भयो, 'विश्व स्वास्थ्य संगठनले हरेक व्यक्तिसँग एकतावद्ध भएर भाइरसको प्रतिरोध गर्ने विचार गर्नुपर्छ बरू कसैलाई दोष लगाउनुहुँदैन।'

जानकारी तथा लेखहरु