फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड-१९ सम्बन्धि अनुभव चिनियाँ विशेषज्ञहरूले भिडियो कन्फेरेन्समा बाँड्दै

(GMT+08:00) 2020-03-19 17:08:52

हालसम्म चीनमा कोभिड-१९ महामारी स्थायी रूपमा प्रभावकारी रूपमा नियन्त्रित भएको छ भने अरू मुलुकमा महामारीको फैलावटबाट उठाइने चुनौतीको सामना गरिरहेका छन्। यसै सन्दर्भमा विश्वका विभिन्न मुलुकसँग रोकथाम तथा नियन्त्रण अनुभव बाँड्न मार्च १८ तारिख च्याङ सु प्रान्तीय नानचिङ शहरमा अवस्थित तोङनान विश्वविद्यालयका कोभिड-१९ विशेषज्ञ टोलीले स्पेन, ग्रिस, पाकिस्तान, इराक, लेबनान, बेलायत, अमेरिकी चिकित्साहरूसँग भिडियो कन्फेरेन्समा कोभिड-१९को उपचार तथा नियन्त्रण सम्बन्धि चिनियाँ अनुभव बाँडेको छ। विदेशी डाक्टरहरूबाट सोधिएका प्रश्नहरूको चिनियाँ विशेषज्ञहरूले विस्तृत जवाफ दिएका छन्।

थाहा भए अनुसार, कोभिड-१९ प्रतिरोध गर्न तोङनान अस्पतालबाट ९ खेपका २२ जना आई.सी.यू. विशेषज्ञ टोलीलाई पठाइएको छ र हालसम्म सो अस्पतालका केही विशेषज्ञहरूले हुपै प्रान्तमै उपचार सेवा दिइरहेका छन्।

१८ तारिखमा आनह्वी प्रान्तीय हफै शहरमा अवस्थित आनह्वी चिकित्सा विश्वविद्यालयको नम्बर १ मातहत अस्पतालका विशेषज्ञहरूले पनि भिडियो कन्फेरेन्समार्फत दक्षिण सुडानका विशेषज्ञहरूसँग महामारीको प्रतिरोध तथा उपचार अनुभवबारे वैचारिक आदानप्रदान गरेका छन्।

जानकारी तथा लेखहरु