फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको विकास रूटको परिवर्तन गर्नसकिने सम्भावना चीनले देखाएकोः विश्व स्वास्थ्य संगठन

(GMT+08:00) 2020-03-19 17:43:37

चीनले चौतर्फी र कडा महामारी नियन्त्रणका कदम चाल्दै कोभिड-१९ महामारी प्रभावकारी रूपमा नियन्त्रित गरेको छ। साथै चीनले विश्वभरी भाइरसको प्रतिरोध गर्नको लागि समय पनि पाएको छ। चीनको लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि गाउदेन गालीआले हालै संचारमाध्यमसँगको अन्तर्वार्तामा उक्त कुरा भन्नुभएको हो। चीनले हासिल गरेको सम्बद्ध अनुभव अन्य मुलुकको लागि सान्दर्भिक भएको पनि उहाँले जनाउनुभएको छ।

उहाँले अगाडि भन्नुभयो, 'चीनको अनुभवबाट के प्रमाणित भएको छ भने सरूवा रोगको फैलावट चिकित्सा प्रणाली सहन नसक्ने बिन्दु पुगेर महामारी बन्ने प्रक्रिया सबै सरूवा रोगले लिने प्रक्रिया होइन। चीनमा बढ्ने चरणमा नै भाइरसको फैलावटलाई रोकिसकेको छ। हरेक मुलुकले यस्तो अनुभवको प्रयोग गरेर आफ्नो वास्तविक अवस्थामा प्रयोग गर्नुपर्छ। साथै उहाँले राष्ट्रस्तरमा यस्तो कदमहरू चाल्न होसियार हुनुपर्छ।

थाहा भए अनुसार, कोभिड-१९ महामारी विश्वका १५९ वटा मुलुक तथा क्षेत्रसम्म संक्रमित भइसकेको छ।

जानकारी तथा लेखहरु