फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले महामारी सूचना लुकाएको भन्ने आरोपको डब्लु.एच.ओ.का विशेषज्ञद्वारा खण्डन

(GMT+08:00) 2020-03-19 19:04:54
कोभिड-१९ महामारी फैलिएपछि केही अमेरिकी राजनीतिज्ञ तथा सञ्चार माध्यमहरूले "चीनले महामारी लुकाएर अरू देशलाई समस्या तथा क्षति पुर्याएको" भन्दै निराधार आलोचना गरेका छन्। उनीहरूले यसबाट महामारीको रोकथाममा आफ्नो सुस्तता र कमजोरी ढाकछोप गर्नुका साथै चीनमाथि कालो पोत्न खोजेका छन्।

तर वास्तवमा महामारी फैलिएदेखि चीनले समयमै, सार्वजनिक र स्पष्ट रूपमा महामारी अवस्थाको प्रकाशन गर्नुका साथै सक्रिय रूपमा अन्तर्राष्ट्रिय सहकार्य गर्दैआएको छ। चिनियाँ जनताको अथक प्रयासमा चीनले लगभग एक महिनामा महामारीको प्रसार प्रवृत्तिलाई रोकेको छ।

चीनले धेरै प्रयास गरेर अन्तर्राष्ट्रिय जगतका लागि महामारीको रोकथाम तथा नियन्त्रण गर्ने पहिलो रक्षा रेखाको निर्माण गरेको छ। जसले अन्तर्राष्ट्रिय समाजबाट व्यापक प्रशंसा पाएको छ। चीनका लागि डब्लु.एच.ओ.का प्रतिनिधि गाउडेन गालेले ठोस विषय जानकारी दिनुभयो।

गत डिसेम्बर ३१ तारिख अर्थात् वुहानस्थित ह्वानान समुद्री खाद्य बजार बन्द हुनुअघिको एक दिनमा चीनका लागि डब्लु.एच.ओ.संस्थाले चीनबाट अनौपचारिक जानकारी पाएको थियो। जनवरी ३ तारिख चीनले डब्लु.एच.ओ.समक्ष औपचारिक जानकारी दिएको थियो। जनवरी २० र २१ तारिख चीनका लागि डब्लु.एच.ओ. प्रतिनिधि संस्थाका कर्मचारीले वुहानको नीरिक्षण गरेका थिए।

प्रतिनिधि गालेको जानकारीले तथाकथित "चीनले महामारी सूचना लुकाएको" भन्ने झूटो व्याख्याको खण्डन गरेको छ।

अमेरिकी राजनीतिज्ञले चीनमाथि हिलो छ्याप्न खोजेका छन्। तर अमेरिकामा महामारीको परिस्थिति क्रमशः गम्भीर हुँदै गएको छ। अमेरिकाबाट भाइरस सुरू भएको शंकाबारे अमेरिकाले हालसम्म कुनै जानकारी तथा व्याख्या गरेको छैन। यो जानाजानी लुकाउन खोजिएको तथ्य हो कि?

वर्तमान विश्वमा महामारीको रोकथाम तथा नियन्त्रण अवस्था ज्यादै गम्भीर भएको देखिन्छ। एकता तथा सहयोगबाट नै महामारी जित्ने सबैभन्दा बलियो हतियार हो।

जानकारी तथा लेखहरु