फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महासचिवद्वारा जनयुद्धका लागि निर्देशन— ऐक्यवद्धता र शक्ति संचय

(GMT+08:00) 2020-03-19 21:09:35

कोभिड-१९ महामारीका विरूद्ध गरिने जनयुद्धमा दुई विषय ज्यादै महत्वपूर्ण छन्। अस्पतालमा बिरामीको उपचार र बसोबास क्षेत्रमा रोकथाम तथा नियन्त्रण।

महासचिव सी चिनफिङले दोहोर्याउनुभयो- 'महामारी विरूद्धको लडाइँ जित्नका लागि केन्द्रिय विषय रोकथाम हो। जनसाधारणबाट समर्थन पाउनुका साथै जनतालाई प्रोत्साहन गरी समुदाय क्षेत्रलाई महामारीको रोकथाम तथा नियन्त्रणको सुदृढ किल्ला बनाउनुपर्छ।

महासचिव सीको निर्देशनमा शहरबाट ग्रामीण क्षेत्रसम्म, भित्री भूमिबाट सिमाक्षेत्रसम्म विभिन्न जातीय सर्वसाधारणले संयुक्त रोकथाम तथा नियन्त्रण कदमलाई व्यवहारमा उतारेर दृढ रक्षा रेखाको निर्माण गरेका छन्।

वुहानमा करिब तीन हजार सामुदायिक क्षेत्र अर्थात् सात हजार बसोबास क्षेत्र छन्। सरकारी क्षेत्रमा लगभग चालीस हजार अधिकारी तथा कर्मचारीहरूले काम तथा सेवा गरेका छन्। सडक, भवन र बसोबास क्षेत्रमा कर्मचारी तथा स्वयंसेवकहरूले व्यस्तताका साथ सर्वसाधारणका लागि सेवा रक्षक बनेका छन्।

चीनको हरेक छेउमा हरेकले आफ्नो काम गरेर एक अर्ब चालीस करोड भाग मध्येको एकको योगदान गरिरहेको हुन्छ।

मार्च १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्यको बैठकमा महासचिव सीले सम्बोधन गर्नुभयो। उहाँका अनुसार, चीनका सबै जनता तथा सर्वसाधारणको साझा प्रयासमा महामारीको रोकथाम तथा नियन्त्रण निरन्तर रूपमा राम्रो दिशातिर विकसित हुनुका साथै उत्पादन तथा जीवनको छिटै पुनःसामान्यीकरण बन्दैछ। महामारी रोकथाम तथा नियन्त्रण र अर्थतन्त्र तथा समाजको विकासलाई अगाडि बढाउने कार्यले सकारात्मक उपलब्धि हासिल गरेको छ।

http://news.cctv.com/2020/03/19/ARTIwYi3migQucltFaxxfhaV200319.shtml

जानकारी तथा लेखहरु