फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९को सामना गर्न अमेरिकी राजनीतिज्ञद्वारा केही साँच्चो काम गर्नुपर्ने

(GMT+08:00) 2020-03-20 09:50:34

केही दिनयता अमेरिकी राष्ट्रानायकले धेरै पटक कोभिड १९ भाइरसलाई चिनियाँ भाइरस भन्नुभएको छ। अमेरिकाको आन्तरिक र अन्तराष्ट्रिय समाजले समेत यस्तो भनाइ स्पष्ट रूपमा जातिवाद भएको भन्दै आलोचना गरेका छन्। अमेरिकाको कोभिड १९ विरुद्धको प्रतिरोधमा निरन्तर समस्या उत्पन्न भएको देखिन्छ साथै केही अमेरिकी राजनीतिज्ञले भाइरसको प्रतिरोध गर्न केही प्रयास समेत नगरेको धेरै अमेरिकी नागरिकको गुनासो छ।

हालसम्म वाशिङ्गटन विशेषतायुक्त क्षेत्रसहित अमेरिकाका पचास वटै प्रदेशमा कोभिड १९ सङक्रमित बिरामी भेटाइएका छन्। शृंखलाबद्ध वित्तीय कदम चाले तापनि लगानीकर्तालाई अमेरिकी सरकारले कोभिड १९को सामना गर्न चालेको कदममाथि विश्वास नरहेकोले आठ व्यापारिक दिनमा अमेरिकी शेयर बजार निरन्तर रुपमा चार पटक सर्क्युट ब्रेक भएका छन्। अमेरिकी शेयर बजार निरन्तर रूपमा ओरालोलागेबाट अमेरिकी नेतागणलाई चिन्तित बनाएको छ, किनभने शेयर बजारको प्रदर्शन चुनावसँग सम्बन्धित छ। यसबाट अमेरिकाले कोभिड १९ विरुद्धको प्रतिरोधमा प्रस्तुत गरेको मुख्य विषय बनेको छः प्राणभन्दा पूँजी अझ बढी महत्वपूर्ण छ।

जातिवादसम्बन्धी भनाइका कारण अन्तर्राष्ट्रिय समाजको सहयोगमा सार्वजनिक स्वास्थ्यको संयुक्त रूपमा सामना गर्न प्रतिकूल स्थिति बनेको छ। मानव जातिको संयुक्त शत्रुको सामना गर्न केही अमेरिकी राजनीतिज्ञले जनताको स्वास्थ्यको हितयुक्त काम गर्नुपर्छ।

जानकारी तथा लेखहरु