फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको कोलकतामा आउने कण्टेनरहरु पनि अब क्वारेण्टाइनमा राखिने

(GMT+08:00) 2020-03-20 15:31:36

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतको कोलकतामा आउने कण्टेनरहरु पनि अब क्वारेण्टाइनमा राखिने भएको छ । भारतको कोलकता पतन न्यास (कोलकत्ता पोर्ट ट्रष्ट) ले ट्रेड सर्कुलर जारी गरेर चैत ६ गते अर्थात १९ मार्च २०२० देखि लागू हुने गरी विभिन्न देशबाट समुद्रीमार्गबाट जहाजमा ढुवानी भएका कण्टेनरहरु कोरोनाको संक्रमण छन् कि छैनन् भनेर परीक्षणका लागि क्वारेण्टाइनमा राखिने भएको हो।

कोलकत्ता पोष्र्ट ट्रष्टको समुद्री विभागले बुधबार जारी गरेको ट्रेड सर्कुलर (व्यापार परिपत्र) अनुसार भारतको कोलकत्ता स्थित बन्दरगाहमा चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन, जर्मनी, युएई, कतार, ओमान र कुवेतबाट जहाजमा ल्याइएका मालवाहक कण्टेनरहरु १४ दिनसम्म क्वारेण्टाइनमा राखेपछि मात्रै कोलकत्ता पोर्टमा भित्र्याउन पाइने जनाएको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको (यात्रा सुझाव) ट्राभल एडभाईजरी अनुसार चैत ६ गते बिहीबारदेखि क्वारेण्टाइनमा राखेर परीक्षण गरिएका मालवाहक कण्टेनरहरु मात्रै बन्दरगाहमा अनलोड गर्न स्वीकार्य हुने जनाएको छ । जहाज हिडेको विन्दुबाट अनलोड गर्ने बिन्दुसम्म आउने कन्टेनरलाई १४ दिनसम्म क्वारेण्टाइनमा राखेर परीक्षणपछि मात्रै सामान अनलोडका लागि पोर्टमा छिर्न दिइने भएको छ । कोलकत्ता पोर्ट ट्रष्टको परिपत्रपछि नेपालका उद्योगी व्यवसायी भने चिन्तित बनेका छन्।

कुनै अवरोध नहुँदा पनि धेरै विलम्वलगायतका विभिन्न शुल्कहरु तिर्न बाध्य भएका नेपाली आयातकर्ताहरु अहिले १४ दिन मालबाहक कण्टेनर क्वारेण्टाइनमा राख्नुपर्ने भएपछि थप आर्थिक भार पर्ने चिन्तामा छन्।

 

जानकारी तथा लेखहरु