फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड–१९ को त्रास फैलिएसँगै नेपालका धेरै होटल तथा रेस्टुरेन्ट बन्द

(GMT+08:00) 2020-03-20 15:31:54

काठमाडौं, पोखरा, लमजुङ, विराटनगर, लुम्बिनी — कोभिड–१९ को त्रास फैलिएसँगै पर्यटक आउन छाडेपछि धेरै होटल तथा रेस्टुरेन्ट क्षेत्र समस्यामा परिरहेका छन् । धेरैले कामदार तथा कर्मचारी कटौती गरी सामान्य सेवा सञ्चालन गरिरहेकामा केही दिन अघिदेखि भने पूर्ण रूपमा बन्द नै गर्नुपरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आवतजावत, भोजभतेर र २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै बिहीबारबाट भने पाँचतारेदेखि सामान्य होटल बन्द हुन थालेका हुन्। अन्य उद्योग, व्यापार व्यवसायसमेत बन्द गर्न थालिएको विवरण प्राप्त भएका छन् ।

कोरोनाको प्रभावका कारण बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी शनिबारदेखि अस्थायी रूपमा बन्द हुने भएको छ । होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारका अनुसार व्यवस्थापनले करिब ६ हप्ताका लागि होटल बन्द गर्ने निर्णय गरेको हो ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, राष्ट्रिय संग्रहालय छाउनी, पाटन संग्रहालय, सांस्कृतिक केन्द्र र राष्ट्रिय अभिलेखालय चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको कान्तिपुर अनलाइनले जनाएको छ ।

यसैबीच बुद्ध जन्मस्थलस्थित पवित्र लुम्बिनी उद्यान यतिखेर सुनसान छ । थाइल्यान्ड र श्रीलंकाली पर्यटक, उपासका र उपासिकाको ठूलो समूह आउने सुरुवाती समयमा पर्यटकीय गतिविधि भएका छैनन् ।

 

जानकारी तथा लेखहरु