फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसका कारण बन्द चीनतर्फका नाका खोल्न नेपालको गृहकार्य

(GMT+08:00) 2020-03-20 15:32:33

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै ५० दिनदेखि बन्द चीनतर्फको रसुवागढी र तातोपानी नाका खोल्न सरकारले गृहकार्य थालेको छ ।चिनियाँ पक्षले माघ १५ देखि बन्द यी दुई नाका खुलाउनुपर्ने दबाब बढाएपछि त्यसको गृहकार्य सुरु भएको हो ।

यसबारे छलफल भइरहेको अर्थमन्त्री युवराज खतिवडाले सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। सरकारका एक उच्च अधिकारीका अनुसार केही दिनयता चिनियाँ दूतावासले रसुवागढी र सिन्धुपाल्चोक (तातोपानी) नाका खुलाउन उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरिरहेको छ ।

'चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको र त्यो नाका बन्द गर्ने औपचारिक निर्णय नेपालले नगरेकाले' तत्काल सामान आवतजावत सुरु गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई भनिरहेको ती अधिकारीले बताए । अर्थ, उद्योग तथा वाणिज्य र कृषि मन्त्रालयबीच छलफल हुने अर्थमन्त्री खतिवडाले बताउनुभयो। उक्त नाका भई आउने सामान तथा व्यक्तिलाई १४ दिनभन्दा बढी होल्डमा राखेर मात्रै ल्याइनेछ। कान्तिपुर अनलाइनका अनुसार नयाँ वर्षको अवसर पारेर गत माघ १५ देखि चिनियाँ पक्षले केही दिनका लागि यी नाका बन्द गरेको थियो ।

लगत्तै कोभिड–१९ फैलिएपछि नाका बन्दलाई चिनियाँ पक्षले नै निरन्तरता दिने निर्णय गरेको थियो । नेपालले चीनतर्फका नाका बन्द गर्ने भन्ने विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन । चिनियाँ पक्षलाई सहमत गराउन सके यो विकल्प पनि छ । तर यसका लागि उच्चस्तरीय राजनीतिक निर्णय हुनुपर्नेछ ।' यस विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई समेत ब्रिफिङ गरिसकेको छ । अर्थमन्त्रीको बिहीबारको भाषण अनुसार बन्द गर्ने होइन, अब खुला गर्नेतर्फ नै केन्द्रित भएको हो कि भन्ने देखिन्छ ।

भन्सार बन्द गरी चिनियाँ भन्सार अधिकारीहरू नयाँ वर्ष मनाउन गएको र त्यसपछि उतैबाट बन्द गरिएको वाणिज्यका अधिकारीहरूले जनाएका छन् । चीनलेअब खोल्दा फरक नपर्ने जनाउँदै आएको छ । उसको अनुरोधपछि यी नाकाकानेपाल र चीनतर्फका भन्सार अधिकारीबीच एक पटक छलफलसमेत भइसकेको छ ।

रसुवागढी नाकामा मात्रै चीनबाट आयात गर्न लागिएका २ सय कन्टेनर रोकिएका छन् । तिनमा फलफूल, गर्मी मौसमका लत्ताकपडा, विद्युतीय सामग्रीलगायत छन् । सिन्धुपाल्चोक नाकामा रहेका कन्टेनरसमेत चीनतर्फ रसुवागढी नाकामा लगेर व्यवसायीले राखेका छन् । नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि यही नाकाबाट आउने गरेको थियो । यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले 'अन्तर्राष्ट्रिय नाका' घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारी साधनको चाप बढ्दै गएको थियो ।

 

जानकारी तथा लेखहरु