फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा रूसी राष्ट्रनायकबीच टेलिफोन वार्ता आयोजित

(GMT+08:00) 2020-03-20 16:35:00
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च १९ तारिख रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोनमा राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छः 'यस पटकको कोभिड-१९ महामारी चिनियाँ जनताको ज्यान तथा सुरक्षा एवम् शारीरिक स्वास्थ्यसँग मात्र होइन, सम्पूर्ण विश्वको सार्वजनिक स्वास्थ्य तथा सुरक्षासँग पनि सम्बन्धित भएको छ। चीनले रूस लगायत विभिन्न मुलुकसँग मिलेर मानवजातिको संयुक्त भाग्य समुदायको विचार आधारित महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई प्रवर्द्धन पार्ने इच्छा चीनले लिएको छ।'

देशको दीर्घकालीन सुरक्षा तथा स्थिरताको लागि रूसले चालेको महत्वपूर्ण कदमको चीनले दृढताका साथ समर्थन दिँदै जाने बताउँदै राष्ट्राध्यक्ष सीले भन्नुभयो, 'राष्ट्रपति पुटिनको नेतृत्वमा रूसी जनताले आफ्नो मुलुकको अवस्थाअनुकूल विकासको बाटोमा नयाँ उपलब्धि हासिल गर्दै जाने विश्वास छ।'

सो टेलिफोन वार्तमा राष्ट्रपति पुटिनले महामारीको प्रतिरोध गर्न चीनले चालिरहेका कदमहरूको उच्च मूल्याङ्कन गर्नुभयो। चीनसँग महामारी प्रतिरोध सम्बन्धि घनिष्ट सहयोगमा निरन्तरता दिने आशा रूसले लिएको पनि पुटिनले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु