फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिलारीबाट ट्रम्पको भनाइको आलोचना

(GMT+08:00) 2020-03-20 16:58:20

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १६ तारिख ट्वीटरमा कोभिड-१९लाई 'चिनियाँ भाइरस' भनेको विषयलाई लिएर अमेरिकाका विभिन्न पक्षले आलोचना गरेका छन्। १८ तारिख डेमोक्राटिक पार्टीकी सदस्य हिलारी क्लिन्टनले ट्रम्पको जातिवादी भनाइको आलोचना गर्नुभयो।

उहाँले ट्वीटरमा यसरी लेख्नुभयो- 'कोरोना भाइरसको गम्भीरतापूर्वक व्यापक जाँचबुझ नगरेको तथा संकट सामनाको तयारी नगरेको जस्ता गतिविधिलाई ढोकछोप गर्नका लागि राष्ट्रपति ट्रम्पले जातिवादी भनाइद्वारा सर्वसाधारणको ध्यान तान्न खोजिरहेका छन्। मूर्ख नबन्नुहोस् र तपाइँका साथी र परिवारलाई मूर्ख बन्न नलगाउनुहोस्।'

१७ तारिख अमेरिकी "न्यूयोर्क टाइम्स"ले दिएको जानकारीअनुसार, केही साता यता ट्रम्पले सक्दो प्रयासमा महामारी न्यूनीकरण गर्दै महामारीबारेका चिन्ताहरूप्रति मजाक गर्नुका साथै महामारीको जोखिमलाई तिरस्कार गर्नुभएको छ। विगत दुई महिनामा भाइरसको गम्भीरतालाई हल्का रूपमा लिनुबाहेक ट्रम्पले महामारीको गम्भीरताका साथ सामना गर्ने मान्छेमाथि व्यंग्य गर्नुका साथै सर्वसाधारणलाई गलत सूचना दिनुभएको छ।

जानकारी तथा लेखहरु