फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विशेषज्ञले १८ वटा युरोपेली मुलुकसँग अनुभव बाँड्दै

(GMT+08:00) 2020-03-20 17:27:46

मार्च १९ तारिख चीनको परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय स्वास्थ्य समितिको संयोजनमा चीन-युरोप महामारी रोकथाम तथा नियन्त्रण भिडियो कन्फेरेन्स आयोजित भएको छ। सो भिडियो कन्फेरेन्समा बेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्वीट्जर्ल्याण्ड लगायत १८ वटा युरोपेली मुलुकका सरकारी पदाधिकारी तथा सार्वजनिक स्वास्थ्य विशेषज्ञको लागि कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण कार्य अनुभवबारे जानकारी दिइएको छ।

चिनियाँ विशेषज्ञहरूले कोभिड-१९ महामारी सरूवा रोगको विशेषता, नियन्त्रण रणनीति, उपचार लगायतका क्षेत्रहरूबाट चिनियाँ अनुभव तथा तरिकाबारे परिचय दिनुका साथै सोधिएका ८० वटा प्रश्नहरूको विस्तृत जवाफ दिएका छन्। ती मुलुकहरूले चीनसँगै सरूवा रोगको अध्ययन, महामारीको रोकथाम तथा नियन्त्रण, भ्याक्सीको अध्ययन तथा विकास, चिकित्सा सामग्री लगायतका क्षेत्रहरूको अन्तर्राष्ट्रिय सहयोगमा निरन्तरता दिँदै हातेमालो गरेर सिमाविहीन महामारीको प्रतिरोध गर्दै जाने आशा व्यक्त गरेका छन्।

थाहा भए अनुसार, यसअघि चिनियाँ विशेषज्ञहरूले युरोपेली संघ संस्थासँग कम्तीमा ३ पटक भिडियो कन्फेरेन्स गरिसकेका छन् र गत हप्ता मध्य पूर्वी युरोपेली मुलुकसँग पनि महामारीबारे जानकारी बाँडीचुँडी गरेका छन्।

जानकारी तथा लेखहरु