फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको रोकथामसम्बन्धी विश्वव्यापी सहकार्यमा स्वार्थी अमेरिकी राजनीतिज्ञ

(GMT+08:00) 2020-03-20 18:50:35

हाल धेरै देशहरूमा कोभिड-१९ महामारी फैलिएको छ। दशौं मुलुकहरू आपतकालीन अवस्थामा प्रवेश गरेका छन्। अन्तर्राष्ट्रिय जगतले सहकार्यलाई सबल पार्नुपर्ने बेलामा केही अमेरिकी राजनीतिज्ञको संरक्षणवाद तथा स्वार्थवादले अन्तर्राष्ट्रिय सहकार्यमा क्षति पुर्याइरहेको छ।

अमेरिकी सीबीएसको जानकारीअनुसार, तथाकथित "अमेरिकी सामानको खरिद" योजनाका लागि ह्वाइट हाउस राष्ट्रिय व्यापार समितिका प्रमुख पिटर नाभारोले चिकित्सा आपूर्ति श्रृंखलालाई अरू देशबाट अमेरिकामा सार्ने धारणा व्यक्त गर्नुभएको छ।

पहिला चीनको निन्दा गर्नका लागि पिटर नाभारोले आफ्ना पुस्तकमा काल्पनिक चीनविरोधी रोन भारा नामक विशेषज्ञ सिर्जना गरेका थिए।

वर्तमान विश्वव्यापी आपूर्ति श्रृंखला दीर्घकालदेखि विभिन्न देशको श्रोत तथा श्रेष्ठताको आधारमा स्थापित भएको हो। यो दुवै बजारको नियम र व्यवसायको छनौटद्वारा निर्णय गरिएको हो। प्रशासनिक साधनमार्फत् आपूर्ति श्रृंखलाको परिवर्तन गर्न खोजेमा दुवै उत्पादन दक्षता र व्यवसायको लाभमाथि क्षति पुग्नेछ। त्यसैले यसपटक पिटर नाभारोको धारणामा मानवीय भावना नहुनुका साथै आधारभूत आर्थिक सामान्य ज्ञानको अभाव पनि देखिएको छ।

अमेरिकी व्यापार संघका प्रथम नीतिकार न्यिल ब्राडल्यले "अमेरिकी सामानको खरिद"मा फेरि जोड दिनुले औषधी तथा चिकित्साको आपूर्ति श्रृंखलाको अन्तर्राष्ट्रिय आवत-जावत नै भंग गर्ने कुरा प्रकट गर्नुभएको छ।

अर्कातिर न्यूयोर्क टाइम्सको समाचार अनुसार, अमेरिकी सरकारले कोरोना भाइरसको खोपबारे अनुसन्धान गरिरहेको एक जर्मनी कम्पनीलाई सम्बन्धित अनुसन्धान अमेरिकामा सार्न लगाएको छ। अमेरिकाले एक अर्ब अमेरिकी डलरद्वारा सम्बन्धित खोपको विशेष प्याटेन्ट किन्ने इच्छा राखेको छ। किनकि अमेरिकालाई मात्रै खोप दिने आशा अमेरिकी नेतागणले गरेको जर्मनी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। त्यसपछि जर्मनी गृहमन्त्री होर्स्ट लोरेन्च सिहोफेरले उक्त जानकारीको पुष्टि गर्नुभएको छ। अमेरिकाको योजनाबाट विश्वलाई वाशिङ्टनको कुरूप अनुहार देखाइएको भनेर जर्मनी सञ्चार माध्यमले आलोचना गरेको छ।

महामारीको रोकथाम तथा नियन्त्रणले ऐना जस्तै विभिन्न मुलुकको प्रदर्शन र जिम्मेवारी देखाएको छ।

वाशिङ्टनमा सत्तारूढ केही राजनीतिज्ञहरूको आँखामा संरक्षणवाद तथा अमेरिका प्रथम भन्ने धारणा अवश्य छ। उनीहरूले नीतिनिर्माता समक्ष सामान्य ज्ञान, नियम तथा नैतिकताको सबैभन्दा तल्लो रेखा नै उल्लंघन गर्ने सुझाव दिएका छन्। उनीहरू महामारी विरूद्धको अन्तर्राष्ट्रिय सहकार्यमा विनाशकारी शक्ति बन्दैछन्।

जानकारी तथा लेखहरु