फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन, युरेसियन प्लेट तथा दक्षिण एशियाका मुलुकबीच महामारी नियन्त्रण सम्बन्धि भिडियो कन्फेरेन्स आयोजित

(GMT+08:00) 2020-03-21 16:41:31

मार्च २० तारिख चीनले युरेसियन प्लेटमा पर्ने मुलुकहरू तथा दक्षिण एशिया लगायत जम्मा गरी १९ वटा मुलुकसँगै कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धि भिडियो कन्फेरेन्स आयोजना गरेको छ। ती १९ वटा मुलुकका सरकारी पदाधिकारी, स्वास्थ्य विशेषज्ञ तथा ती मुलुकको लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू लगायत लगभग २०० जनाले सो भिडियो कन्फेरेन्समा भाग लिएका छन्।

चिनियाँ विशेषज्ञहरूले महामारीको विकास प्रवृत्ति, विशेषता तथा महामारी नियन्त्रण सम्बन्धि चीनले चालेका कदमहरू, उपचार तरिका तथा भन्सारमा निरीक्षण तथा क्वारेन्टाइन अनुभवहरूबारे जानकारी दिएका छन् साथै सोधिएका लगभग ८० वटा प्रश्नहरूको पनि जवाफ दिएका छन्। निर्धारित २ घण्टाको भनिएपनि भिडियो कन्फेरेन्स वास्तविक रूपमा ४ घण्टासम्म चलेको थियो।

विभिन्न पक्षका प्रतिनिधिहरूले सो भिडियो कन्फेरेन्सबाट महामारीको रोकथाम तथा नियन्त्रणको निर्णायक घडीमा रहेका मुलुकहरूको लागि सान्दर्भिक रहेको जनाएका छन्। चीनसँगको सहयोगलाई सबल पार्दै यस महामारी प्रतिरोध युद्धमा हातेमालो गरेर विजय प्राप्त गर्ने आशा पनि विभिन्न मुलुकहरूले व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु