फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पर्यटन उद्योगको जीवन्त शक्ति बढ्दै

(GMT+08:00) 2020-03-21 18:11:51

हालै चीनका केही दृश्यावलोकन क्षेत्रहरू अनुशासित रूपमा खुला भएर संचालनमा आएका छन्।

शाङहाइ शहरको संस्कृति तथा पर्यटन व्यूरोले शाङहाइमा पर्यटनलाई सामान्य पार्न सकिने सूचना वितरण गरेको छ। शहरी पर्यटन बस रूटको संचालनका साथै शहरमै फूल हेर्ने तथा ताजा फलफूल टिप्ने रूटहरू पनि सामान्य रूपमा चल्ने छन्।

कोभिड-१९ महामारिको खतरा स्तर कम हुँदै गएका च च्याङ, च्याङ सु, सछ्वान, च्याङ सी प्रान्तीय दृश्यावलोकन क्षेत्रहरू पालोपालै संचालनमा आएका छन्। हाल भ्रमण गर्ने तरिकामा पारिवारिक तथा सानो समूहको छोटो दूरीका पर्यटनहरू मुख्य हुन्।

महामारीको नियन्त्रण स्थिर भइरहेको हाराहारीमा यातायात, खानपान, खुद्रा बिक्री क्षेत्रमा काम पुनः शुरू भएको साथै पर्यटन बजार पनि चरणवद्ध रूपमा सामान्य बन्दै जाने कुरा सम्बद्ध विश्लेषकहरूले बताएका छन्। हालसम्म केही शहरहरूले पर्यटन पुनरूत्थान योजना लागू गरिरहेका छन्।

इन्टर्नेट प्रविधिको स्तरोन्नति क्रममा इन्टर्नेट आधारित पर्यटन पनि लोकप्रिय बनिरहेको छ र निहित पर्यटन श्रोतलाई प्रोत्साहित गरिएको छ।

ल्हासामा अवस्थित पोताला दरबारको प्रत्यक्ष प्रसारण होस वा चीन राष्ट्रिय संग्रहालय लगायत ८ वटा संग्रहालयका वसन्तकालीन भ्रमणमा प्रत्यक्ष प्रसारणका दर्शकहरूको संख्या करोडौं पुगेको छ जुन वर्षभरी ती दृश्यावलोकन क्षेत्रहरू हेर्नेहरूको कूल संख्या बराबर भएको छ।

इन्टर्नेट, बिग डाटा, छोटो भिडियो, एआई लगायतका प्रविधिमार्फत भावी पर्यटन उपभोग बजार अझ विस्तृत, बहु आयामिक र केही खालका समूहलाई लक्षित बन्दै जाने कुरा विश्लेषकहरूले बताएका छन्।

जानकारी तथा लेखहरु