फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्पेनमा भइरहेको महामारी सम्बन्धमा सीको सान्त्वना सन्देश

(GMT+08:00) 2020-03-21 19:25:00

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले केही समयअघि स्पेनका राजा फिलिपे छैठौंलाई सान्त्वना सन्देश पठाउनुभएको छ। सन्देशमा सीले हालै स्पेनमा भइरहेको कोभिड-१९ महामारीप्रति चीन सरकार तथा जनताको तर्फबाट स्पेन सरकार तथा जनतालाई हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

सन्देशमा स्पेनमा महामारीको प्रतिरोधको लागि गरिरेको प्रयास तथा चालिरहेका कदमहरूको चीनले दृढताका साथ समर्थन दिँदै सम्बद्ध नियन्त्रण तथा उपचार अनुभव बाँड्ने इच्छा पनि सीले प्रकट गर्नुभएको छ। चीनले सकेसम्म सहयोग तथा समर्थन प्रदान गर्ने कुरा पनि सीले उल्लेख गर्नुभएको छ। चीन र स्पेन एवम् अन्तर्राष्ट्रिय समाजसँगै मिलेर महामारीमा बिजयी प्राप्त गर्ने विश्वास पनि सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु