फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीका सामु अमेरिकी राजनीतिज्ञको "पूँजी प्रथम" भन्ने तर्क कति चिसो र क्रूर

(GMT+08:00) 2020-03-21 19:33:21

फेब्रुअरी १३ तारिख संसदको माथिल्लो सदनको सूचना समितिका अध्यक्ष रिचार्ड बरले आफ्नो हातमा रहेका ३३ शेयर बेचे। यी शेयरको मूल्य ६ लाख २८ हजार अमेरिकी डलरबाट १७ लाख २० हजारसम्म पुगेको अनुमान छ।

रिचार्ड बरले अमेरिकामा महामारीको सामना मस्यौदाका साथै संसदको माथिल्लो सदनको स्वास्थ्य समितिका सदस्य पनि हुन्। महामारी फैलिएपछि उनले नियमित रूपमा महामारी सम्बन्धी सूचना पाएका छन्। तर उनले सर्वसाधारणलाई महामारीको जोखिम नसुनाउने मात्र होइन, सरकारको सामना प्रयासको पनि सक्रिय मूल्यांकन गरेका छन्।

त्यसै सिलसिलामा बर बाहेक अर्का ३ जना अमेरिकी सिनेटरहरूले गोप्य सूचना प्रयोग गरेर हातमा रहेका प्रशस्त शेयर बेचिभ्याएका छन्।

यी राजनीतिज्ञहरूले एकातिर भित्री ट्रेडिंग गर्दा स्टक बिक्री गर्नुका साथै अर्कातिर महामारी पनि ढोकछोप गरेका छन्। यसले अमेरिकी सर्वसाधारणलाई ज्यादै आक्रोशित बनाएको छ।

जसबाट अमेरिकी राजनितिज्ञको आँखामा पूँजी सधैं नै पहिलो स्थानमा राखिएर जीवनभन्दा पनि अझै महत्वपूर्ण भएको देखिन्छ। यो चिसो र क्रूर तर्क अमेरिकी सर्वसाधारणको जीवन तथा स्वास्थ्यका लागि कति गैर-जिम्मेवारपूर्ण छ।

अमेरिकामा महामारीको विरूद्ध कार्य कमजोर भएको वास्तविकता हो। जनवरी २० तारिख अमेरिकामा पहिलो संक्रमित बिरामी भेटिए। तर अमेरिकी सरकारले विस्तारै-विस्तारै मार्च १३ सम्म राष्ट्रिय आपतकालीन अवस्थामा प्रवेश गर्ने घोषणा गरेको छ। विश्लेषकका अनुसार, अमेरिकाको अर्थतन्त्रबारे चिन्ता यसको मुख्य कारक तत्व हो। त्यसले अमेरिका सरकारले ढीलो रूपमा महामारीको प्रतिकार प्रयास तर तीव्र रूपमा बजार बचाएको देखिन्छ।

त्यसबाहेक कोरोना भाइरसको जाँचमा अमेरिकाले पनि "पूँजी पहिलो" भन्ने तर्क देखाएको छ। अमेरिकामा कसरी भाइरस जाँच गर्ने? न्यूयोर्क टाइम्सले सर्वप्रथम धनी बन्नु भन्ने व्यंग्यात्मक जवाफ दिएको छ।

गम्भीर महामारीका सामु "पूँजी पहिलो" तर्कको पालना गर्ने अमेरिकी राजनीतिज्ञले कसरी पारदर्शिता र शीघ्र कदम चालेर अमेरिकी सर्वसाधारणको जीवन तथा स्वास्थ्यको विचार गर्नुपर्छ।

जानकारी तथा लेखहरु