फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जारी महामारीका सम्बन्धमा राष्ट्राध्यक्ष सीको सान्त्वना सन्देश

(GMT+08:00) 2020-03-22 17:54:12

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सेली राष्ट्रपति एम्मानुएल म्याक्रोनलाई फ्रान्समा जारी कोभिड-१९ महामारीप्रति चीन सरकार तथा जनताको तर्फबाट स्पेन सरकार तथा जनतालाई हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

सन्देशमा राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य समेत रहेका चीन र फ्रान्सले मानवजातिको ज्यान तथा सुरक्षाको संरक्षण गर्ने महत्वपूर्ण कार्यभार बोकिरहेकाले फ्रान्ससँगै महामारीको प्रतिरोध तथा नियन्त्रण सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउने इच्छा चीनले लिएको पनि राष्ट्राध्यक्ष सीले पुष्टि गर्नुभएको छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोनसँगै मिलेर महामारीको नियन्त्रण तथा आपसी सम्बन्ध सम्बन्धि विविध कार्यको बन्दोबस्त गर्दै महामारीको परीक्षणमा पारस्परिक चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध कायम राख्नेमा पनि सीले जोड गर्नुभएको छ।

जानकारी तथा लेखहरु