|
|
|
||
अमेरिकी संचारमाध्यमले हालै जनाएअनुसार, अमेरिकी उत्तर क्यारोलाइन, क्यालिफोर्निया तथा जर्ज राज्यका केही सिनेटरहरूले हालै शेयर बजार ठूलो परिमाणमा तल झर्नुअघि नै प्रशस्त शेयर बेचिसकेका छन्।
अमेरिकी एन.पी.आर. रेडियो स्टेशनले जनाएअनुसार, अमेरिकी संसदको माथिल्लो सदनको सूचना समितिका अध्यक्ष एवम् स्वास्थ्य समितिका सदस्य रिचार्ड बर तीमध्येको एक हुन् र उनी नियमित रूपमा कोभिड-१९को प्रतिवेदन सुन्ने गर्थे।
शेयर बिक्री रेकर्ड बमोजिम, उनी र श्रीमतीले फेब्रुअरी १३ तारिख ३३ किसिमका शेयर बेचेका थिए जसको मूल्य ६ लाख २८ हजारदेखि १७ लाख अमेरिकी डलर सम्म थियो।
फेब्रुअरी २७ तारिख आयोजित एक निजी पार्टीमा बरले राम्रो सम्बन्ध राखेका निर्वाचन क्षेत्रका बासिन्दासँग भने कि कोभिड-१९ सर्ने गति आधुनिक इतिहासमा हामीले देखेको जुनसुकै किसिमको भाइरसभन्दा पनि गम्भीर हुन्छ।
सोही दिन ट्रम्पले एक दिन कोभिड-१९ चामत्कारिक रूपमा विलिन हुने भन्नुभएको थियो।
अमेरिकी रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार, फेब्रुअरी २७ तारिख अमेरिकामा निश्चित भएका कोभिड-१९ संक्रमित बिरामी १५ जना थिए। अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले मार्च २१ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अमेरिकी पूर्वी समय बमोजिम, मार्च २१ तारिख दिउँसो साढे १ बजेसम्म अमेरिकामा निश्चित भएका कोभिड-१९ बिरामीको संख्या २२०१३ पुगिसकेको छ।
हालै अमेरिकी शेयर बजारमा १० दिनमा चार पटक गरी सर्किट ब्रेकर देखा परेका छन्। चालू वर्षको फेब्रुअरीदेखि अहिलेसम्म अमेरिकी शेयर बजार १० हजार बिन्दुसम्म तल झरेकोले बितेका ३ वर्षमा बढेकोलाई पूर्णरूपमा हटाइसकेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |