फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकीहरुको ध्यान अन्यन्त्र तान्नका लागि ट्रम्पद्वारा चीनमाथि हिलो छ्याप्ने कार्य

(GMT+08:00) 2020-03-23 19:06:56
अमेरिकी "न्यूयोर्क टाइम्स"ले मार्च २० तारिख "ट्रम्पलाई उम्कन नदिऔँ" शीर्षकमा एउटा टिपणी लेख प्रकाशित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले "कोभिड १९ भाइरस" लाई "चिनियाँ भाइरस" नाम दिनु भएको उद्देश्य अमेरिकीहरुको ध्यानलाई अन्यन्त्र तान्ने र महामारीको नियन्त्रण गर्न आफ्नो गल्ती लुकाउनखोज्नु रहेको उल्लेख गरेको छ।

सो टिपणी लेखका अनुसार, विगत केही दिनको तुलनामा कोभिड १९ भाइरसबारे ट्रम्पको धारणामा ठूलो फरक रहेको छ। उहाँको कथनी र करनीमा पनि ठूलो भिन्नता रहेको छ। जसबाट अमेरिकी शेयर बजार बचाउन र समाजमा भएको आलोचनाको सामना गर्न ट्रम्प सरकारले जनमत संग्रहमा परिणत गर्न खोजेको देखिन्छ।

चालु वर्षको जनवरी २२ मा अमेरिकी सञ्चार माध्यम सीएनबीसीलाई दिनुभएको अन्तर्वार्तामा ट्रम्पले "पूर्ण रुपमा कोरोना भाइरसको नियन्त्रण गरिसकेको" बताउँदै चीनको कदमको प्रशंसा गर्नुभएको थियो। तथापि अहिले उहाँले चीनमाथि दोषारोपण गर्नुका साथै केही हप्तासम्म "कोरोना भाइरस" भनेपछि अहिले "चिनियाँ भाइरस" भन्दै परिवर्तन गर्नुभएको छ।

जानकारी तथा लेखहरु