फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नागरिकको बुद्धिलाई नहोच्याउन अमेरिकी राजनीतिज्ञलाई सुझाव

(GMT+08:00) 2020-03-23 19:07:41
"ट्रम्पलाई उम्कन दिनुहुँदैन" भन्ने विषय न्यूयोर्क टाइम्सले हालै सार्वजनिक गरेको एउटा टिप्पणी लेखको शीर्षक हो। त्यस लेखमा शृंखलाबद्ध तथ्यमार्फत अमेरिकी नेताले कोभिड-१९ महामारीको सम्बन्धमा यसोउसो गर्नुभएको प्रमाणित गरिएको छ। त्यस लेखले रोग निवारण र उपचार कार्यमा भेटिएको प्रकोप स्वरुप विफललाई लुकाउनका लागि नागरिकहरूको नजरलाई अन्यन्त्र खिच्ने अमेरिकी नेताको कुचेष्टालाई भण्डाफोर गरिएको छ।

तर अमेरिकी नागरिकहरूलाई सजिलैसँग होच्याउन सकिन्छ त? वास्तवमा हाल जासुसीद्बार र शेयरद्बार लगायतका अनेकन् काण्ड देखा परेकाले नागरिकहरूमा झन् झन् बढी क्रोध बढेको देखिन्छ।

यदि चाँडै रोगको खतराबारे नागरिकलाई जानकारी दिँदै सक्दो छिटो सम्बद्ध कदम चालेको भए अमेरिकाको रोग अवस्था सम्भवत: हालको गम्भीर अवस्थामा परिणत हुने थिएन। तर नागरिकहरूलाई होच्याउन खोजेका अमेरिकी राजनीतिज्ञहरूले विचार संशोधन गर्नुको सट्टा चीनलाई बदनाम गर्ने तरिकामार्फत नागरिकहरूको नजरलाई अरु ठाउँमा सार्न खोजेका छन्।

नागरिकको बुद्धिलाई होच्याउने कार्य बन्द गर्दै चाँडै नै आफ्नो विचारलाई बदनाम गर्न खोज्ने दिशाबाट रोग निवारण र नियन्त्रणको वास्तविक चाहनामा लागेर नागरिकको प्राण र स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने अमेरिकी राजनीतिज्ञलाई चीनले सुझाएको छ। नत्र भने गम्भीर नतिजा भोग्ने मान्छे उनीहरू स्वयम आफैं हुनेछन्।

जानकारी तथा लेखहरु