फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अन्य राष्ट्रबीचको सम्बन्धलाई विथोल्न खोज्दै अमेरिका

(GMT+08:00) 2020-03-24 18:59:53
अमेरिकी समाचार वेभसाइट "द डेली बिस्ट"द्वारा हिजोआज सार्वजनिक एउटा टेलिग्राफ र अमेरिकी अधिकृतको सम्बोधन अनुसार, ह्वाइट हाउसले राष्ट्रिय यन्त्रको प्रयोग गरी चीनमाथि हिलो छ्यापिरहेको छ, जसबाट राजनीतिक दबावलाई सार्ने तथा आमनिर्वाचनको मत बढाउन सकियोस्।

सो लेखमा एक जना अमेरिकी अधिकृतलाई उद्धृत गर्दै अमेरिकी अधिकृतहरुलाई "सबै कुरा चीनसँग सम्बन्धित छ र भ्याएसम्म गर्नसक्ने सबै तरिकामार्फत यस खबरको प्रचार-प्रसार गर्नुपर्ने" उल्लेख गरिएको छ। अमेरिकी अधिकृतहरुले महामारीको नियन्त्रण गर्न नसक्ने कुरालाई लुकाउन बारम्बार कोरोना भाइरसलाई "चिनियाँ भाइरस" को नाउँमा बोलेका छन्।

अमेरिकी राजनीतिज्ञहरुले चीनमाथि हिलो छ्याप्ने कुचेष्टा विफल भएपछि उनीहरुले अर्को षड्यन्त्रण गरी चीन र विदेश बीचको सम्बन्धलाई विथोल्न खोजिरहेका छन्।

चीनमा महामारीको प्रतिरोध परिस्थितिमा सुधार हुँदै आएको परिप्रेक्षमा चीनले अन्य देशहरुलाई सहयोग गरेको छ। उदाहरणका लागि युरोपमा सबैभन्दा भयानक अवस्थामा पर्ने इटालीलाई चीनले दुई पटक चिकित्सा टोली पठाउनुका साथै प्रशस्त आवश्यक चिकित्सा सामग्री प्रदान गरेको छ। इटालीका इन्टरनेट प्रयोगकर्ताहरुले सामाजिक मिडियामा चीनलाई धन्यवाद व्यक्त गरेका छन्।

यो हेरेपछि केही अमेरिकी राजनीतिज्ञ तथा सञ्चार माध्यमलाई फेरी तनाव सुरु भएको छ। उदाहरणका लागि अमेरिकी विदेश मन्त्री माइक पोमपेओले फक्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै चीन-इटाली सम्बन्ध तथा दुई देशका जनता बीचको मित्रतालाई हिलो छ्याप्नुभयो। केही अमेरिकी राजनीतिज्ञहरुले "राजनीतिक भाइरस" बनाएर महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा अवरोध बनाएका छन्। उनीहरुको कुचेष्टा अवश्य नै विफल हुनेछ। उनीहरुले अमेरिकीहरुको स्वास्थ्यको संरक्षणलाई ध्यान दिनुपर्ने चीनको चेतावनी छ।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन