
पैचिङको ह्वा ख थाई जीव प्रविधि कम्पनीले आज मार्च २५ तारिख चीनका लागि नेपालको राजदूताबासलाई कोरोना भाइरस जाँच्ने २००० किट सहयोग प्रदान गरेको छ। हालसम्म यस कम्पनीद्वारा उत्पादित कोरोना भाइरस जाँच्ने किटको प्रयोग विश्वका धेरै मुलुकले गरेका छन्।
सहयोग हस्तान्तरण समारोहमा चीनका लागि नेपाल राजदूताबासका कार्यवाहक राजदूतले नेपाल सरकारको तर्फबाट सहयोग स्वीकार गर्नुभयो। उहाँले नेपालमा अहिलेसम्म कोरोना भाइरस जांच्ने किट नभएको कारण चिनियाँ कम्पनीले नेपाललाई किट सहयोग गरेकोमा खुशी प्रकट गर्दै यो निकै आवश्यक रहेको बताउनुभयो। यी किट सकेसम्म चाँडो नेपाल पठाउने जानकारी पनि उहाँले दिनुभयो।