फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी २० भिडियो शिखर सम्मेलनप्रति नेपाली बुद्धिजीवीको प्रतिक्रिया

(GMT+08:00) 2020-03-28 16:35:30

केही दिन अगाडि सम्पन्न भएको जी २० समूहको भिडियो शिखर सम्मेलनले विश्वव्यापी समस्या बनेको कोभिड १९ को रोकथाम र नियन्त्रणमा केन्द्रित बनेकोमा यसले महत्वपूर्ण अर्थ राख्ने चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले बताउनु भएको छ। काठमाडौँमा सीएमजीका पत्रकारसँग कुरा गर्दै विकसित देशहरुले आफ्नो जिम्मेवारी बहन गर्नका लागि बजेट जुटाउने काम गरेको उहाँले बताउनुभयो। जी २० शिखर सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सबैले संयुक्त रुपमा कोभिड १९ लाई नियन्त्रण गर्नुपर्ने सन्देश दिनु भएकोमा उक्त सन्देशले विश्वका नेतालाई एक हुन सजिलो भएको भट्टराईले बताउनुभयो।

साउदी अरेबेयाका राजा सलमानको अध्यक्षतामा भएको उक्त भिडियो शिखर सम्मेलनले विश्वले खेपिरहेको भयाभह समस्यामा केन्द्रित बन्नुको अर्थ ठूला मुलुकहरुले आफूहरु यो समस्यामा गम्भीर भएको सन्देश दिएको पनि भट्टराईले बताउनुभयो। कोभिड १९ बाट विश्वमा आइपरेको आर्थिक समस्यालाई टार्न ५ मिलियन डलर बजेट जुटाउने कुरा गरेकोमा नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि खुशी लागेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु