फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा च च्याङ प्रान्तको निरीक्षण

(GMT+08:00) 2020-03-30 13:50:14

मार्च २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले च च्याङ प्रान्तको निरीक्षण भ्रमण गर्नुभएको छ। यो चीनमा कोभिड १९ देखिए यता राष्ट्राध्यक्ष सीले गर्नुभएको चौथो निरीक्षण भ्रमण हो।

राष्ट्राध्यक्ष सीले यस निरीक्षण भ्रमणको क्रममा पहिलो गन्तव्य निङ पो चौ शान बन्दरगाहमा रोज्नुभएको छ। सन् २००३ को जनवरीमा च च्याङ प्रान्तको सचिव पदमा रहनुभएको बेला सी चिन फिङले पहिलो पटक चौ शानको सर्भेक्षण र अनुसन्धान गर्नुभइ निङ पो र चौ शानको एकरुपता निर्माणको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। गत वर्ष निङ पो चौ शान बन्दरगाहबाट आयात निर्यात भएको मालसामान एक अर्ब बाह्र करोड टन पुगेको छ, जुन निरन्तर एघार वर्षसम्म विश्वको पहिलो स्थानमा रहेको छ। बन्दरगाहमा राष्ट्राध्यक्ष सीले पुन काम शुरु भएको अवस्थाबारे जानकारी लिनुभएको छ। कोभिड १९को आघातमा यस वर्षको जनवरी र फेब्रअरीमा उक्त बन्दरगाहबाट सोह्र करोड तीस लाख टन मालसामान आयात निर्यात भएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा ९८ प्रतिशत छ।

निङ पोको निरीक्षणपछि राष्ट्राध्यक्ष सीले गाडीको पार्टपुर्जा उत्पादन क्षेत्रको अवलोकन गर्नुभएको छ। उहाँले मुख्य रुपमा एउटा मध्यम निजी व्यवसायको निरीक्षण गरेर कारखानामा काम गरिरहेका कामदारहरूलाई स्नेहपूर्वक हालको अवस्थाबारे सोधपुध गर्नुभएको छ।

मार्च २६ तारिख मध्यरातसम्म च च्याङ प्रान्तभरिको पुनःकाम शुरू भएको दर नब्बे प्रतिशतमाथि पुगेको छ। राष्ट्राध्यक्ष सीले निरीक्षण गर्नुभएको यस निजी कम्पनीमा हाल एक सय पन्ध्र जना कामदारले पुनः काम शुरू गरेका छन्।

जानकारी तथा लेखहरु