फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई कोभिड १९ मा सघाउन भारतीय सेनाको इच्छा

(GMT+08:00) 2020-03-30 17:12:48

भारतीय सेनाले कोभिड १९ बाट उत्पन्न पस्थितिलाई सम्बोधनका लागि नेपालमा -यापिड रेस्पोन्स टिम पठाउन तयार रहेको बताएको छ। भारतीय समाचार पत्र हिन्दुले भारतीय सेना प्रमुखको भनाइ उल्लेख गर्दै माल्दिभ्समा जस्तै नेपालमा पनि सहयोगका लागि भारतीय सेना तयार रहेको जनाएको छ।

भारतीय सेनाको भनाइप्रति नेपाल सरकारले भने अनभिज्ञता जनाएको छ। सरकारी स्रोतका अनुसार नेपालमा कोरोनाको प्रभाव नियन्त्रणबाहिर नभएकाले अहिले यहींको जनशक्तिबाटै परिस्थिति सम्हाल्न सक्ने अवस्था छ।नेपाली सेनाले पनि भारतीय सेनाको भनाइप्रति अनभिज्ञता व्यक्त गरेको छ। 'अहिले हामी नै परिचालन भइसकेको अवस्था छैन, त्यसैले जनशक्तिसहितको सहयोगको अहिले नै खाँचो छैन,' सैनिक स्रोतले भन्यो। सेनाले कोरोनाको प्रभावबाट उत्पन्न हुने परिस्थितिलाई ध्यान दिँदै आवश्यक पर्दा कसरी परिचालन हुने भन्ने विषयमा रणनीति बनाइरहेको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाल सरकारकातर्फबाट नेपाली सेनाले भारतीय सेनालाई -यापिड रेस्पोन्स टिम पठाउन कुनै प्रस्ताव नपठाएको र त्यस्तो प्रस्ताव पनि नआएको जानकारी दिनुभयो। नेपाल सरकारले भारत र चीनबाट अत्यावश्यक औषधि खरिद गर्ने निर्णय गरेको छ। नेपालले स्वास्थ्य सामग्रीसम्बन्धी सहयोग प्रस्ताव पनि स्वीकार गरिसकेको छ। अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाललाई चिकित्सकसहितको जनशक्ति अहिले आवश्यक नरहेको जनाउँदै स्वास्थ्यसामग्री मात्र आवश्यक परेको बताउँदै आएका छन्।

जानकारी तथा लेखहरु