फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राकृतिक रूपमा कोरोना भाइरस वर्षौंदेखि प्रसारित हुँदै आएको हुनसक्छ

(GMT+08:00) 2020-03-30 17:17:21

सत्र तारिखका दिन प्रसिद्ध अन्तर्राष्ट्रिय शैक्षिक पत्रिका "नेचर मेडिसिन'मा एउटा पछिल्लो लेख प्रकाशित गरिएको छ। यो लेख अमेरिका, बेलायत र अस्ट्रेलियाका वैज्ञानिकहरूको सह-लेखन हो। यो लेखका एक लेखक अमेरिकी टुलेन युनिभर्सिटीका प्राध्यापक एवम् भाइरोलजिस्ट रोबर्ट गेरीले एउटा भिडियो अन्तर्वार्तामा नयाँ कोरोना भाइरस जैविक हतियार नभएको र कुनै प्रयोगशालामा निर्माण हुन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'यो प्रकृतिको उत्पादन हो तर यो कहिलेदेखि मानिसमा देखापर्यो भन्ने हामीले चाल नपाएको पनि हुनसक्छ। केही महिना वा केही वर्ष हुँदै अन्ततः एक सानो उत्परिवर्तनका कारण तीव्र रूपमा फैलिएको हुनसक्ने उहाँको भनाइ थियो। २७ तारिखका दिन अर्को अन्तर्वार्तामा उहाँले केही मानिसले कोरोना भाइरस चीनको वुहानस्थित समुद्री खाद्यबजारमा शुरु भएको सोच्नु गलत भएको दावी गर्नुभयो।

हालै चीनका वरिष्ठ श्वासप्रश्वास विशेषज्ञ चोङ् नान शानले यो महामारी पहिलो पटक चीनमा देखिएतापनि यसको उत्पत्ति चीनमै भएको हुनसक्ने कुरामा आशंका गर्नुभयो।

भाइरसको उत्पत्ति जहाँ भएपनि यसलाई कुनै जाति, रंग, वा क्षेत्रबीचमा विभेदका रूपमा लिन नहुने विचारकहरू बताउँछन्।

जानकारी तथा लेखहरु