फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा च च्याङको निरीक्षण, साना तथा मध्यम व्यवसायलाई प्रोत्साहन

(GMT+08:00) 2020-03-30 18:53:46

हिजो अर्थात् २९ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङले च च्याङको निरीक्षण गर्नुभयो। उहाँले निङ पो चौ शान बन्दरगाह, पै लोङ ता छि उच्च-स्तरीय अटो पार्ट्स मोल्ड पार्कमा उत्पादनको पुनः सुचारु अवस्थाबारे जानकारी लिनुभयो।

निङ पो चौ शान बन्दरगाह लगातार ११ वर्षसम्म कार्गो प्रवाहका लागि विश्वको पहिलो स्थानमा छ। यसले "बेल्ट एण्ड रोड" को निर्माणमा निर्णायक भूमिका खेलेको छ। महामारी फैलिएपछि, निङ पो चौ शान बन्दरगाहले महामारीको प्रभावलाई न्यूनीकरण गर्न वैज्ञानिक र प्रभावकारी रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाएको छ जसले चीनको वैदेशिक व्यापार औद्योगिक श्रृंखला र आपूर्ति श्रृंखलाको सहज संचालनका लागि महत्वपूर्ण प्रत्याभूति दिएको छ।

पै लोङ ता छि उच्च अटो पार्ट्स मोल्ड पार्कसँग ७० भन्दा बढी कम्पनीहरू छन्। पार्कमा राष्ट्राध्यक्ष सीले संकट र प्रकोपहरूले विभिन्न प्रकारका समूहहरू, कम्पनीहरू, र विभिन्न उद्योगहरू प्रभावित हुने बताउनुभयो। उहाँले अध्ययनको क्रममा पार्टी केन्द्रीय समितिले विशेष गरी साना र मध्यम आकारका व्यवसायहरूको बारेमा सोच्नुपर्ने, साना तथा मध्यम आकारका व्यवसायहरूको मौलिक प्रभावबाट बच्न परिस्थितिको विकास गर्नुपर्ने र परिवर्तन हुने बित्तिकै समायोजन हुने नीतिहरू जारी गरिने बताउनुभयो।

जानकारी तथा लेखहरु