फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो अवसरको झ्यालको लागि एकता तथा सहयोग

(GMT+08:00) 2020-03-30 20:04:02

अन्तर्राष्ट्रिय प्राधिकरण चिकित्सा पत्रिका लान्सेटले एउटा टिप्पणी प्रकाशित गरी एकता तथा सहयोग मार्फत् कोभिड-१९ महामारीको सामना गर्ने विषयलाई महत्व दिएर अन्तर्राष्ट्रिय समाजले सहयोगी भावनाका साथ कमजोर मुलुकमा गलत व्यवस्थापन दोहोरिने कुरालाई प्रतिरोध गर्ने कुरामा जोड दिएको छ।

हाल कोभिड-१९ महामारी विश्वका विभिन्न क्षेत्रमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, पैचिङ समय मार्च तीस तारिख शून्य बजेसम्म विश्वका २०२ वटा मुलुक तथा क्षेत्रका ६ लाख ३८ हजार १ सय ४६ जना संक्रमित हुनुका साथै ३ लाख १ सय ५ जनाको मृत्यु भएको छ।

यति गम्भीर महामारीको सामना गर्दा कुनै पनि मुलुक त्यसबाट अलग हुन सक्दैन। त्यसैले अन्तर्राष्ट्रिय समूहले पहिलाको भन्दा पनि अझै एकता तथा सहयोगको आवश्यकता महसुस गरेको छ। अस्ति सम्पन्न जी-२० शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय सहयोगलाई पूर्ण रूपमा बढाउन आग्रह गर्नुका साथै चिनियाँ प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसपछि शिखर सम्मेलनले जारी गरेको वक्तव्यले पनि उक्त चिनियाँ प्रस्तावलाई समेटेको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले खेद व्यक्त गर्दै भन्नुभयो, 'धेरै मुलुकले विगत दुई महिनामा अत्यावश्यक तयारी नगरी कोभिड-१९ महामारीको नियन्त्रण गर्ने पहिलो अवसरको झ्यालको दुरूपयोग गरेका छन्।' उहाँले अरू सक्रिय कदम चालेर दोस्रो अवसरको झ्याललाई खेर जान नदिन विभिन्न मुलुकहरूलाई आव्हान गर्नुभयो।

शंका छैन कि जी २० शिखर सम्मेलनको सहमतिले दोस्रो अवसरको झ्याल प्राप्त गर्न अन्तर्राष्ट्रिय समूहलाई सहयोग गर्नेछ। हाल विश्वबीच महामारी नियन्त्रणको सहयोगको दिशा निश्चित भइसकेको छ तर विभिन्न पक्षले शिखर सम्मेलनको सहमतिलाई व्यवहारमा उतार्नु नै निकै महत्वपूर्ण कुरा हो जसको लागि अन्तर्राष्ट्रिय सहयोगलाई उल्लंघन गर्ने गतिविधिको त्याग्नुपर्छ। यस क्रममा केही अमेरिकी राजनीतिज्ञले चीनलाई बदनाम गरी अन्तर्राष्ट्रिय सहयोगमा हस्तक्षेप गरेका छन्। आकर्षित कुरा के हो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल चीनका राष्ट्राध्यक्ष सी चिन फिङसँग टेलिफोन वार्ता गरी आफूले व्यवस्थापकीय अग्रसरता लिई अमेरिका र चीनबीचको सहयोगमा महामारी नियन्त्रण गर्न महत्व दिने व्यक्त गर्नुभयो। उहाँले भन्नुभएको कुरा वास्तविक उपलब्धि बन्नसक्ने आशा छ।

महामारीको सामना गर्दा अन्तर्राष्ट्रिय समूहले एकता तथा समन्वय गरी पराजित गर्नुपर्छ।

जानकारी तथा लेखहरु