फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९को सामना गर्न जी २० मुलुकका वाणिज्य मन्त्रीबीच विशेष भिडियो सम्मेलनको आयोजना

(GMT+08:00) 2020-03-31 14:48:33

जी २० मुलुक वाणिज्य मन्त्री कोभिड १९को सामना गर्ने विशेष भिडियो सम्मेलन मार्च ३० तारिख राती आयोजना भएको छ। सो भिडियो सम्मेलनमा चीनका वाणिज्य मन्त्री चौङ शान पनि सहभागी हुनुभएको छ।

सम्मेलनमा वाणिज्य मन्त्री चौङ शानले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जी २० विशेष शिखर सम्मेलनमा चार वटा प्रस्ताव प्रस्तुत गरेर पूर्ण रुपमा अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने र कोभिड १९लाई जित्न एकताबद्ध शक्ति बनाउन आह्वान गरेको व्यक्त गर्नुभएको छ। सम्मेलनमा चीनले विभिन्न पक्षलाई तीन वटा सुझाव दिएको छः पहिलो, कोभिड १९को प्रतिरोध सामग्रीको आपूर्तिसम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई सबल पारेर संयुक्त रुपमा विभिन्न मुलुकका जनता र चिकित्साकर्मीको ज्यानलाई प्रत्याभूति गर्नुपर्ने छ। दोस्रो, विश्व उत्पादन श्रृंखला र आपूर्ति श्रृंखलाको स्थिरताको संरक्षण गरेर सक्रिय रुपमा भन्सार करलाई घटाउने र व्यापारिक बाधालाई हटाउनुपर्ने छ। तेस्रो, विश्वमा खुला र सहयोगात्मक वातावरणको संरक्षण गरेर बजारको खुलापनलाई कायम राखेर बहुपक्षीय व्यापारिक संयन्त्रको संरक्षण गरी संरक्षणवादको विरोध गर्नुपर्ने छ।

यस सम्मेलनको अध्यक्ष मुलुक साउदी अरेबियाले सम्मेलनपछि "जी २० वाणिज्य मन्त्री कोभिड १९को सामना गर्ने विशेष सम्मेलनको विवरण" सार्वजनिक गरेको छ।

जानकारी तथा लेखहरु