फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महामारीको विरूद्ध विश्व सहयोग द्रूत गतिमा

(GMT+08:00) 2020-03-31 16:40:55

महामारीको विरूद्धको विश्वव्यापी लडाईको महत्वपूर्ण क्षणमा मार्च २६ तारिखमा आयोजित जी-२० नेताहरूको विशेष शिखर सम्मेलनले देशहरूबीच एकता र सहयोगको सकरात्मक संकेत गरेको छ। हालसालै चीन र विश्वका अन्य देशहरूले नयाँ कोरोना भाइरस खोपको अनुसन्धान र चिकित्सा उपचारको बारेमा सहयोगको गतिलाई तीव्रता दिएका छन् र चीनले ती देशहरूलाई सक्रिय रूपमा चिकित्सा सामग्री पुर्‍याइरहेको छ। महामारीको विरूद्ध विश्व सहयोग द्रूत गतिमा छ।

जी २० नेताहरूको विशेष शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विभिन्न देशहरूको प्रयास गर्दै चिकित्सा, खोपहरू र परीक्षणमा वैज्ञानिक अनुसन्धान सहयोगको गति बढाउन पहल गर्नुभएको छ।

खोप अनुसन्धान र विकासमा अन्तर्राष्ट्रिय सहयोगको गति बढाउँदा चीनले विश्वलाई चिकित्सा सहायता प्रदान गर्न गरिरहेको छ। युरोपमा महामारी फैलिएदेखि चीनले इटाली र अन्य देशहरुलाई धेरै चिकित्सा विशेषज्ञहरू पठाएको छ। एसियामा इरान, इराक आदि देशहरूलाई ठूलो मात्रामा स्वास्थ्य सहयोग प्रदान गर्नुबाहेक चिनियाँ चिकित्सा विशेषज्ञ समूह हालसालै पाकिस्तान, कम्बोडिया, लाओस आदि देशहरूमा चिकित्सा आपूर्ति गरेको छ।

जानकारी तथा लेखहरु