फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्यु श पत्रिकामा सी चिनफिङको हुपैको निरीक्षण र सम्बोधनबारे प्रकाशित

(GMT+08:00) 2020-03-31 16:41:21

अप्रिल एक तारिख छ्युश पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख "हुपै प्रान्तमा कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण कार्यको निरीक्षण र सम्बोधन" बारेको सामग्री प्रकाशित गरेको छ।

लेखले हुपै र वुहान यसै महामारी नियन्त्रण लडाइँको केन्द्रविन्दु भएको बताउँदै दृढतापूर्वक प्रयास गरेर हुपै र वुहानको महामारी नियन्त्रणको स्थिति देखिएपनि महामारी नियन्त्रणको कार्य अझै भारी रहेको दोहोर्याएको छ। कोभिड-१९ महामारी यता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले सर्वसाधारणको जीवनरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेसँगै जनमुक्ति सेना, पार्टीको केन्द्रिय समिति, विभिन्न मन्त्रालय तथा विभाग, विभिन्न प्रान्त तथा शहरले सहयोग गरी महामारी विरोधी लडाइँ सुरू गरेको लेखले उल्लेख गरेको छ।

लेखले चिकित्सा उपचार कार्यलाई प्राथमिकतामा राख्ने, सामूहिक रूपमा महामारी विरोधी लडाइँलाई पराजित गर्ने, कम्जोर क्षेत्रको महामारी नियन्त्रण कार्यलाई तीव्र बनाउने, सर्वसाधारणको आधारभूत जीवनको संरक्षण गर्ने, महामारी नियन्त्रणसँग मिल्ने आर्थिक तथा सामाजिक व्यवस्था संचालन गर्ने, प्रशासन प्रणाली र कमजोर क्षमतालाई सुदृढ पार्ने लगायतका कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु