फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वगारा च च्याङको आन चि जिल्लाको यु छुङ गाउँक्षेत्रको पुनः निरीक्षण

(GMT+08:00) 2020-03-31 19:04:36

हिजो ३० तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिन फिङले च च्याङको आन चि जिल्लाको यु गाउँ क्षेत्रमा पुनः निरीक्षण गर्नुभयो। पन्ध्र वर्ष अघिको सन् २००५को अगष्ट पन्ध्र तारिखका दिन उहाँले यु छुङ ग्रामीण क्षेत्रमा "हरियो नदी र हरियो पर्वत, सुनौलो र चाँदीमय पहाड" को नयाँ विकास अवधारणा प्रस्तुत गर्नुभएको थियो।

उहाँ फेरि सोही ठाउँमा आउनुभयो र किसानहरूसँग हार्दिक कुराकानी गर्दै केही वर्षदेखिको हरित विकासलाई बढाएकोमा यु छुङ ग्रामीण क्षेत्रका ठूला परिवर्तनहरूबारे जानकारी लिनुभयो।

दश वर्षदेखिको प्रयासबाट यु छुङ ग्रामीण क्षेत्र एक प्रदूषित गाउँबाट राष्ट्रिय चार-ए स्तरको दर्शनीय स्थानमा रूपान्तरण भएको छ। सन् २०१९मा यु गाउँका किसानहरूको प्रतिव्यक्ति आय १९ हजार ५ सय ९८ युआन पुगेको छ।

यु छुङ गाउँबाट फर्किएपछि राष्ट्राध्यक्ष सी चिनफिङ आन चि जिल्ला सामाजिक विवाद समाधान केन्द्रमा निरीक्षणका लागि पुग्नुभयो।

जानकारी तथा लेखहरु