फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी अधिकारीलाई चीनको बदनाम नगर्न चेतावनी

(GMT+08:00) 2020-03-31 19:04:57

थाहाभए अनुसार, अमेरिकी ह्वाइट हाउस राष्ट्रिय व्यापार तथा उत्पादन नीति कार्यालयका प्रमुख पिटर नाभारोले एउटा अन्तर्वार्तामा डिसेम्बरको मध्यतिर चीनमा कोरोना भाइरस निमोनिया मानवदेखि मानवमा सर्ने महामारी देखारेकोमा चीनले महामारीलाई ६ हप्तासम्म लुकाएको आरोप लगाउनुभएको छ।

आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुङ यिङले चीनले जनवरीको शुरूदेखि विश्व स्वास्थ्य संगठन र संयुक्त राज्य अमेरिका लगायत विभिन्न देशहरूमा महामारीको अवस्थाबारे नियमित रूपमा जानकारी दिइरहेको बताउनुभयो। प्रवक्ता ह्वाले नाभारोको व्यवहार महामारी प्रतिरोधमा चीन-अमेरिका सहयोग तथा विश्व सहयोग कमजोर बनाउने खालको भएको टिप्पणी गर्नुभयो।

प्रवक्ता ह्वाले नयाँ कोरोना भाइरसको महामारी शुरू भएदेखि चीनले सक्रियतासाथ अन्तर्राष्ट्रिय सहयोग र धेरै देशलाई मद्दत पुर्‍याएको बताउनुभयो।

जानकारी तथा लेखहरु