फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापक भाइरस परीक्षणमा भएको ढिलासुस्ती नै महामारी नियन्त्रणमा अमेरिकाको असफलताको वास्तविक कारण

(GMT+08:00) 2020-03-31 19:05:19

हालसम्म अमेरिकामा नयाँ कोरोना भाइरस निमोनिया निश्चित भएका बिरामीको संख्या विश्वमै सबैभन्दा बढी पुगेको छ। हालै "न्यूयोर्क टाइम्स"मा एउटा प्रतिवेदन सार्वजनिक भयो। प्रतिवेदनमा अमेरिकी धेरै सरकारी संस्थाहरुले महामारीको स्थितिलाई गलत मूल्यांकन गरेका छन् र उनीहरूको कामकारवाहीमा ढिलापन देखिएको छ, जसका कारण देशैभरि महामारी फैलिएको छ।

न्यूयोर्क टाइम्सले थुप्रै घरेलु चिकित्सक/विशेषज्ञहरू र पूर्व सरकारी अधिकारीहरूको विचार उद्धरण गर्दै यस पटकको महामारीमा ट्रम्प सरकारको असफल आदेशको आलोचना गरेका छन्। व्यापक भाइरस परीक्षणमा भएको ढिलासुस्तीका कारण अमेरिकी सरकारको महामारी नियन्त्रणका देखिएको असफलताको वास्तविक कारण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु