फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सछ्वानको आगलागीबारे निर्देशन

(GMT+08:00) 2020-03-31 19:09:06

मार्च ३० तारिख ४ बजे, सछ्वान प्रान्तको सी छाङ शहरस्थित चिङ् च्यु गाउँक्षेत्रको वनमा आगलागी भएको छ। आगोमा १९ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्। हालसम्म आगो निभाइँदैछ।

प्रकोपपछि, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिनुभयो। उहाँले वैज्ञानिक उद्धार तथा दमकलका कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्नका लागि पूर्ण रूपमा अग्निनियन्त्रणमा जोड दिनुभयो। हालै सछ्वान, युन्नान, फूच्येन र हुनान लगायतका ठाउँमा आगलागी र सुरक्षाका दुर्घटनाहरू भएका छन्। उहाँले महामारीको रोकथाम तथा नियन्त्रण, उत्पादन पुनः सुचारूका साथै विभिन्न स्तरका सरकारहरू र सम्बन्धित विभागहरूले सर्वसाधारणहरुको जीवन र सम्पत्तिको पूर्ण सुरक्षा गर्नका लागि दुर्घटना र प्रकोपको प्रवृत्ति रोक्न आवश्यक रहेकोमा जोड दिनुभयो।

यसैगरी प्रधानमन्त्री ली ख छ्याङले पनि सछ्वान प्रान्तको आगलागीबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ।

जानकारी तथा लेखहरु