फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक षड्यन्त्रबाट सद्भावनामाथिको धब्बा अस्वीकार्य

(GMT+08:00) 2020-03-31 19:17:17

केही पश्चिमाहरूले चीनमाथि राजनीतिक षड्यन्त्र गरिरहेका छन्। हाल चिनियाँ चिकित्सा सामग्री विदेशमा पुग्दा उनीहरूले महामारी नियन्त्रण र उद्धार गरी चीनले प्रभाव बढाउन खोजेको भन्ने विषयलाई उचालिरहेका छन्।

मार्च तीस तारिखको पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले त्यसबारे चर्चा गर्दै चीन नै आभारी हुन जान्ने राष्ट्र भएको कुरा दोहोर्याउनुभयो।

हुन त चीनले कठिन अवस्थामा अन्तर्राष्ट्रिय समूहबाट सहयोग तथा समर्थन पाएको कुरालाई शायदै बिर्सने गरेको छ र चिनियाँ मिडियाले पनि त्यसबारे धेरै रिपोर्टहरू प्रस्तुत गर्ने गरेका छन्। त्यति खेर कुनै पनि चिनियाँ मिडियाले राजनीतिक दृश्यबाट विदेशी उद्धारबारे व्याख्या गरेको थिएन।

हाल कोभिड-१९ विश्वका २०० वटाभन्दा बढी मुलुकमा फैलिएको छ भने ७ लाख भन्दा बढी संकमित भएका छन्। तीमध्ये अमेरिका र इटलीमा संक्रमित संख्या छुट्टै १ लाखभन्दा बढी पुगिसकेको छ। जी-२०को कोभिड-१९ विशेष शिखर सम्मेलनले पनि जोड दिएको छ कि महामारीको सामना गर्दा यसअघिकाभन्दा पनि अहिले विश्व एकता र सहयोग बढी चाहिन्छ।

क्यानाडाको द ग्लोब एन्ड मेलले रिपोर्ट गरेको छ कि चीनले कीर्तिमानी ढंगमा विश्वलाई चाहिने चिकित्सा सामग्री उत्पादन गरिरहेको छ भने यो नै जिम्मेवार ठूलो मुलुकको उत्तरदायित्व हो। साथै चिनियाँ जनताको दया र प्रेम पनि देखिएको छ।

चीनको ईमानदार अनुदानले अन्तर्राष्ट्रिय समूहको सम्मान पाएको छ। तर केही पश्चिमा राजनीतिज्ञ र मिडियाले चीनविरूद्ध निरन्तर मानवीय उद्धारमाथि नै लेबल लगाएका छन्। वास्तवमा चीनले अरू मुलुकलाई सहयोग गर्नुको लक्ष्य निकै सहज छ कि अरू बढीको जीवनरक्षा। तर तथाकथित मास्क कूटनीति वा भू-राजनीतिक सोचले होइन।

महामारीबाट मानव नै एक भाग्य समुदाय हो भन्ने कुरा अझै गहिरो रूपमा प्रमाणित भएको छ। महामारीको सामना गर्दा कुनै पनि मुलुक अलग हुन सकेन। अरूलाई सहयोग गर्नु र आफूलाई सहयोग गर्नु उस्तै हो। ती पश्चिमीहरूले अहंकार र पूर्वाग्रह त्यागेर राजनीतिक षड्यन्त्रबाट सद्भावनामाथि धब्बा नलगाउने आशा छ। नत्र अन्ततः आफैं दुःखी हुनुपर्नेछ।

जानकारी तथा लेखहरु