फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व कोभिड १९ विरुद्ध चिकित्सक परामर्श सम्मेलन चिनियाँ औषधी विशेषता बैठक आयोजित

(GMT+08:00) 2020-04-01 09:41:00

चाइना मिडिया ग्रुप अन्तर्गत चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन स्टेशनले मार्च २९ तारिख "विश्व कोभिड १९ विरुद्ध चिकित्सक परामर्श सम्मेलन" चिनियाँ औषधी विशेषताको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारणको आयोजना गरेको छ। उहानमा उपचार सहयोग गरेका पैचिङ, शाङहाई, क्वाङ चौ आदि सहरका चिनियाँ औषधी चिकित्सकले अमेरिका, लेबनान, अफ्गानिस्तान, पाकिस्तान र इरानका चिकित्सकलाई ठोस रुपमा चिनियाँ औषधीले कोभिड १९को प्रतिरोधमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे जानकारी दिएका छन्।

पैचिङ चिनियाँ औषधी अस्पतालका प्रमुख लिउ छिङ छुआनले उहानमा कोभिड १९ सङक्रमित विरामीलाई उपचार गर्ने क्रममा चिनियाँ औषधीले भाइरसबाट कम प्रभावित विरामीदेखि गम्भीर प्रभावितसम्मलाई रोक्न र मृत्यु दर घटाउनमा महत्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभएको छ। चिनियाँ औषधी अस्पतालले जिम्मा लिएको च्याङ स्या अस्थायी अस्पतालमा एक महिनामा ५६४ जना कम प्रभावित विरामीको उपचार गरेको थियो। उपचारको क्रममा उनीहरुले विभिन्न किसिमका चिनियाँ औषधीको प्रयोग गरेका थिए र कोही पनि गम्भीर प्रभावित विरामी भएनन्। सबैको उपचार सफल भएको थियो।

यस पटकको परामर्श सम्मेलन लगभग १०० मिनेटसम्म चलेको थियो र विश्वका एक लाख ५४ हजार व्यक्तिले यसलाई हेरेका छन्। मार्च ११ तारिख "विश्व कोभिड १९ विरुद्ध चिकित्सक परामर्श सम्मेलन" प्रसारण गरेदेखि यता सोह्र वटा भिडियो आदानप्रदान सम्मेलनको आयोजना भइसकेको छ र हालसम्म विश्वका लगभग ५ करोड ९८ लाख ४० हजार मानिसले ध्यान दिएका छन्।

जानकारी तथा लेखहरु