फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

किन संसारका सबैभन्दा विकसित देशमा पनि कोरोना भाइरसको निदान गर्न गाह्रो छ?

(GMT+08:00) 2020-04-01 19:04:47

जोन हप्किन्स युनिभर्सिटीका अनुसार, अमेरिकी समय तीस तारिख साँझ साढे ६ बजेसम्म नयाँ कोरोना भाइरस निमोनियाको पुष्टि भएका अमेरिकीको संख्या १ लाख ६० हजार २० पुगेको छ र मृतकको संख्या २ हजार ९ सय ५३ पुगेको छ। तर, अमेरिकी सञ्चार माध्यमका अनुसार मार्च २६ तारिखसम्म, केवल न्यूयोर्क राज्यमा एक लाख भन्दा बढी मानिसमा परीक्षण गरिएको थियो, र ३६ राज्यमा दश हजार भन्दा कम मानिसहरुको परीक्षण गरिएको छ। किन संसारका सबैभन्दा विकसित देशहरूमा नयाँ कोरोना भाइरस संक्रमण निदान गर्न गाह्रो छ?किन अधिक अमेरिकीहरूलाई छिटो परीक्षण गर्न सकिदैन? "न्यूयोर्क टाइम्स"ले यस्तो प्रश्न सोधेको थियो। धेरै अमेरिकी संचार माध्यमले भाइरसको परिक्षणबारे अमेरिकी सरकारको महामारीको प्रतिरोध र नियन्त्रण नीतिमाथि प्रश्न उठाएका छन्।

न्यूयोर्क टाइम्सको एउटा लेखमा ह्वाइट हाउस, सीडीसी र खाद्य, औषधि प्रशासन व्यूरोको श्रृंखला असफल नीतिहरूबाट अमेरिकामा व्यापक भाइरस परीक्षणमा कठिनाई उत्पन्न गरिएको उल्लेख गरिएको छ। ढिलो व्यापक भाइरस परीक्षण गर्न ढिलासुस्ती हुनु नै महामारी नियन्त्रणमा विफलताको वास्तविक स्रोत भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

जानकारी तथा लेखहरु