फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व अर्थतन्त्र पुनः सुचारु हुन चीनको योगदान

(GMT+08:00) 2020-04-01 19:14:23

विश्व स्वास्थ्य संगठनका अनुसार, हालसम्म विश्वमा नयाँ कोरोना भाइरस निमोनियाको पुष्टि भएका जनताको संख्या सात लाख भन्दा बढी पुगेको छ र मृत्युको संख्या ३३ हजार भन्दा बढी पुगेको छ। महामारीले विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पारेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२०मा विश्वको आर्थिक वृद्धि दर सन् २०१९ को २.९% भन्दा कम हुने प्रक्षेपण गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी अर्थतन्त्र पक्कै सुस्त हुने बताउनुभयो। यो वातावरणमा चीनले घरेलु महामारीको रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गरेको र सक्रियताका साथ काम र उत्पादन पुनः सुचारु गरेको छ। यसले विश्वव्यापी अर्थतन्त्रको पुनःसुचारुमा चीनले आफ्नो तर्फबाट योगदान पुर्‍याएको छ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्थाका प्रमुख पाइ मिङले चीन एक ठूलो निर्माणकर्ता मुलुकका साथै पुनः उत्पादनले सामाजिक गतिविधिहरूलाई सक्रिय बनाउने र आर्थिक विकासमा राम्रो प्रभाव पार्ने बताउनुभयो। उहाँले विश्व अर्थतन्त्रका लागि चीन विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलाको एक महत्वपूर्ण भाग भएको बताउँदै चीनको काम र उत्पादनको पुन: स्थापनाले औद्योगिक श्रृंखलाको आरोह अवरोहमा अवस्थित देशहरू र क्षेत्रहरूका लागि रोजगारी र आर्थिक विकासका अवसरहरू सिर्जना गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु